सामान्यतः सधैँ लगाउने र साना आकारका गहना (जस्तैः नाकमा लगाउने सानो फुली) लगाउन सकिन्छ। तर यस्तो गहना फोटो खिच्दा टल्कनु हुँदैन र गहनाले मुहारमा प्रमुख भाग (जस्तै आँखा, मुख, आँखीभौँ, आदि) छोपिनु हुँदैन । साथै, पार्टीमा लगाउने जस्तो गहना फोटो खिच्दा फुकाल्नु पर्दछ।
फोटो खिच्दा शृङ्गार (Makeup) वा टीका लगाउन मिल्छ?
फोटो खिच्दा सकभर श्रृङ्गार नगर्नु राम्रो हुन्छ । तर मुखाकृतिमा कुनै फरक नपर्ने किसिमका नियमित गरिने श्रृङ्गार भने लगाउन सकिन्छ ।
टीका सम्बन्धमा कुनै स्पष्ट मापदण्ड नभएको भएतापनि फोटो खिच्दा टीका नलगाएको राम्रो हुन्छ ।
घाँटी वा सो भन्दा माथि अनुहारमा स्थायी Tattoo वा कुनै दाग छ के गर्ने?
घाँटी वा सो भन्दा माथि स्थायी प्रकृतिको ट्याटु वा कुनै दाग छ भने केही गर्नु पर्दैन । तर कुनै चोट पटक लागि वा अन्य कारणले कुनै दाग छ भने सो दाग हटे पछि राहदानी बनाउँदा उचित हुन्छ । यदि तुरुन्त राहदानी चाहिएको छ र अस्थायी प्रकारको चोटपटक वा दाग हटाउन सकिँदैन भने हाललाई राहदानी बनाई चोटपटक वा दाग निको भए पछि नयाँ राहदानी बनाउनु उपयुक्त हुन्छ। अन्यथा, यात्रा गर्ने क्रममा कठिनाई आउन सक्दछ ।