राहदानी बने नबनेको थाहा पाउन Google Play Store वा Apple को App Store बाट Nepal ePassport डाउनलोड गरी त्यसमा दिएको तरिका अनुसार आफै हेर्न सकिने व्यवस्था गरिएको छ । त्यसैले राहदानी प्रक्रिया के भयो भनी कार्यालयबाट जानकारी गराउन सकिने छैन । साथै, तपाइँको फाराम कुनै कारण बस अस्वीकृत भएमा त्यसको खबर तपाइँले उपलब्ध गराएको मोबाइल म्यासेज तथा ई-मेलमा प्राप्त हुन्छ । अस्वीकृत भएको जानकारी भएमा सम्बन्धित दर्ता केन्द्रमा सम्पर्क गर्नुहोला, दर्ता केन्द्रबाट आवश्यक कागजातसहित पुनः पेस गर्नु पर्दछ । यसरी पुनः पेस गर्दा सामान्यतः पुनः फोटो खिच्नु नपर्ने भएकोले आफू उपस्थित नभए पनि आवेदन प्रक्रिया बढाउन सकिन्छ ।