विदेशस्थित नियोगमा विद्युतीय राहदानीका लागि आवेदन दिएको तर तुरुन्त राहदानी जरुरी परेमा अस्थायी राहदानीका लागि आवेदन दिन सकिनेछ । अस्थायी राहदानी हस्तलिखित हुने भएकोले सामान्यतः विदेश भ्रमण गर्न मिल्दैन। तर, यस्तो राहदानीबाट कतिपय मुलुकमा भिसाको लागि आवेदन दिन सकिन्छ र नेपाल फर्कन पनि सकिन्छ । आफू रहेको मुलुकमा हस्तलिखित राहदानीबाट भिसा आवेदन दिन सकिने/नसकिने यकिन गरी अस्थायी राहदानीका लागि आवेदन दिनु पर्दछ ।
राहदानी लिइ सकेपछि विवरणमा त्रुटि देखिएमा के गर्ने ?
राहदानी छपाई हुँदा कुनै त्रुटि भएमा नयाँ राहदानी लिनु पर्दछ । यसका लागि राहदानी बनाउनका लागि पुनः आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्नु पर्दछ र नियमानुसारको दस्तुर बुझाउनु पर्ने हुन्छ ।