सकिँदैन ।
राहदानी लिन आउँदा के-के कागजात लिई आउनु पर्छ? कति समय लाग्छ? आफैं आउनु पर्दछ?
राहदानी बुझ्न आउँदा राहदानी आवेदन फाराम, पुरानो सक्कल राहदानी (पहिलोपल्ट राहदानी आवेदन दिएको वा हराएको कारण आवेदन दिएकोमा बाहेक), नागरिकता तथा दस्तुर बुझाएको रसिद साथमा लिई आउनु पर्दछ । राहदानी लिन स्वयम् उपस्थित हुनु पर्दछ तर नाबालकको हकमा निजको आमा वा बुबा आउनु पर्दछ ।
तयार राहदानी लिन १०-१५ मिनेट समय लाग्छ ।
यदी कुनै कारण बस स्वयम् उपस्थित हुन नसकेमा आफन्तलाई लिखित अख्तियारी दिई पठाउन सकिनेछ। यसरी अख्तियारी प्राप्त व्यक्तिले माथि उल्लिखित कागजातको अतिरिक्त आफ्नो राहदानी/नागरिकता समेत साथमा लिई आउनु पर्नेछ ।
विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो? के दूतावासबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ?
राहदानीका लागि १६ वर्ष उमेर नपुगेका आवेदकको लागि तथा नियोगबाट आवेदन दिँदा राष्ट्रिय परिचयपत्र अनिवार्य छैन ।
नियोगबाट राष्ट्रिय परिचय पत्र बनाउन सकिँदैन। तर नेपाल आएको समयमा भने राष्ट्रिय परिचयपत्र बनाउन सकिनेछ।