राहदानीका लागि १६ वर्ष उमेर नपुगेका आवेदकको लागि तथा नियोगबाट आवेदन दिँदा राष्ट्रिय परिचयपत्र अनिवार्य छैन ।
नियोगबाट राष्ट्रिय परिचय पत्र बनाउन सकिँदैन । तर नेपाल आएको समयमा भने राष्ट्रिय परिचयपत्र बनाउनु होला ।
मोबार्इल एप्स 'Nepal ePassport' डाउनलोड गर्नका लागि Android System हुनेहरूले Google Play वा iPhone हुनेहरूले App Store बाट वा विभागको वेबपेज https://nepalpassport.gov.np/ बाट सोझै Download गरी Install गर्न सकिन्छ।