१६ वर्ष माथिका र नेपालमा आवेदन दिने आवेदकहरूका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो। तर, विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा वा १६ वर्ष उमेर नपुगेको रहेछ भने राष्ट्रिय परिचयपत्र अनिवार्य छैन।
राहदानी सम्बन्धमा थप जानकारी चाहिएमा कहाँ सम्पर्क गर्ने?
राहदानी सम्बन्धी थप जानकारी चाहिएमा सम्बन्धित दर्ता केन्द्रमा सम्पर्क गर्न सकिनेछ।
राहदानीको शुल्क कसरी बुझाउन सकिन्छ?
राहदानीको लागि आवश्यक शुल्क दर्ता केन्द्र अनुसार फरक पर्छ। तथापि, विभिन्न स्थानमा अनलाइन वा बैंक ट्रान्सफर वा नगदमै भुक्तानी गर्ने व्यवस्था मिलाइएको हुन्छ। तसर्थ सम्बन्धित कार्यालयबाट थप जानकारी लिन सकिनेछ ।