राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यलयमा राहदानी आवेदन गर्ने 16 वर्ष माथिका आवेदकले राहदानी आवेदन गर्दा फाराममा राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्दछ।
तर, 16 वर्ष मुनिका नाबालक र विदेशस्थित नेपाली नियोगमा राहदानी आवेदन गर्ने आवेदकले राष्ट्रिय परिचयपत्रको नम्बर उल्लेख गर्नु अनिवार्य छैन।