राहदानी हराएमा यसको दुरुपयोग रोक्नका लागि नजिकको आवेदन केन्द्रमा आफ्नो परिचय सहित राहदानी रद्द गर्नका लागि आवेदन दिनु पर्दछ । हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाउँदा पुनः आवेदन दिनु पर्दछ र नयाँ सरह सम्पूर्ण प्रक्रिया अपनाउनु पर्दछ ।
हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइ सकेपछि पुरानो राहदानी भेटियो, के गर्ने?
हराएको राहदानी भेटिएमा तुरुन्तै दर्ता केन्द्रमा सम्पर्क गरी भेटिएको राहदानी रद्द गराउनु पर्दछ । हराएको राहदानीको जानकारी Interpol मार्फत विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी प्रयोग गर्न मिल्दैन । हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारबाही हुन्छ ।