Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"

विद्युतीय राहदानी सम्बन्धी पछिल्लो जानकारी ।


  मंसिर १९, २०७८


ललितपुर जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानीको आवेदनको लागि यही मंसिर १५ गतेबाट बुकिङ्ग खुला गरी आजबाट लाइभ इन्रोलमेन्ट शुरु भएको छ । राहदानी विभाग पछि विद्युतीय राहदानीको लागि लाइभ इन्रोलमेन्ट शुरु भएको यो पहिलो जिल्ला प्रशासन कार्यालय हो । यही हप्ता भित्र काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इन्रोलमेन्ट शुरु गरिने छ । भक्तपुरमा आवश्यक उपकरण जडान कार्य आज सम्पन्न भएको छ र भोली दिउसोबाट बुकिङ्ग खुला गरिने कार्यक्रम छ ।  उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुमा लाइभ इन्रोलमेन्ट भएको एक हप्ता भित्र विद्युतीय राहदानी उपलब्ध गराउने कार्यक्रम छ । राहदानी विभागमा विद्युतीय राहदानीको लागि आवेदकहरुको संख्या क्रमिक रुपमा बढाउंदै लगिएको छ ।