नेपाल सरकार
परराष्ट्र मन्त्रालय
राहदानी विभाग, काठमाडौं
द्रुतसेवा अन्तर्गत राहदानी आवेदन फाराम बुझाउँदा लाग्ने दस्तुर
अ. नयाँ र नवीकरण (New / Renew) का लागि:-
१ | तीन दिनमा राहदानी लिनका लागि | रु. १०,०००/- |
२ | दुई दिनमा राहदानी लिनका लागि | रु. १२,०००/- |
३ | एक दिनमा राहदानी लिनका लागि | रु. १५,०००/- |
४ | आवेदकको गल्तीले बिग्रिएर पुनः राहदानीबनाउनु परेमा | तीन दिनमा रु. ५,०००/-, दूई दिनमारु. ७,०००/- हजार र १ दिनमा रु. १०,०००/- शुल्क लाग्नेछ । |
५ | विभागको गल्तीले बिग्रिएर पुनः राहदानीबनाउनु परेमा | निःशुल्क (राहदानी बनाएको एक वर्षभित्र) । एकवर्ष नाघेमा नियमानुसार शुल्क लाग्नेछ । |
आ. हराएको, बिग्रिएको, च्यातिएको हकमा:-
१ | तीन दिनमा राहदानी लिनका लागि | रु. १५,०००/- |
२ | दुई दिनमा राहदानी लिनका लागि | रु. १७,०००/- |
३ | एक दिनमा राहदानी लिनका लागि | रु. २०,०००/- |
इ. १० वर्ष मुनिका नाबालकको हकमा:-
१ | तीन दिनमा राहदानी लिनका लागि | रु. ५,०००/- |
२ | दुई दिनमा राहदानी लिनका लागि | रु. ७,०००/- |
३ | एक दिनमा राहदानी लिनका लागि | रु. १०,०००/- |
४ | आवेदकको गल्तीले बिग्रिएर पुनः राहदानीबनाउनु परेमा | तीन दिनमा रु. २,५००/-,२ दिनमा रु. ४,५००/- र एक दिनमा रु. ७,५००/- शुल्क लाग्नेछ । |
५ | विभागको गल्तीले बिग्रिएर पुनः राहदानीबनाउनु परेमा | निःशुल्क (राहदानी बनाएको एक वर्षभित्र) । एकवर्ष नाघेमा नियमानुसार शुल्क लाग्नेछ । |
ई. हराएको, बिग्रिएको, च्यातिएको हकमा (१० वर्ष मुनिका नाबालकको लागि):-
१ | तीन दिनमा राहदानी लिनका लागि | रु. १०,०००/- |
२ | दुई दिनमा राहदानी लिनका लागि | रु. १२,०००/- |
३ | एक दिनमा राहदानी लिनका लागि | रु. १५,०००/- |
उ. यात्राअनुमतिपत्र (Travel Document):-
१ | नियमित सेवा | रु. ४,०००/- |
२ | आवेदकको गल्तीले पुनः बनाउनु परेमा | रु. ४,०००/- |