Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"

अनुसूची-१

राहदानीका लागि आवश्यक फोटोको मापदण्ड

राहदानीमा छापिने तस्विर सहजरुपमा पहिचान हुन सकोस भन्नाका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सँगठन (ICAO) ले मापदण्ड तोकेको छ जसलाई संक्षेपमा निम्नानुसार प्रस्तुत गरिएको छ ।

  • तस्विर ÷ छ महिना भित्र खिचेको, रंगिन र डिजिटल रुपमा प्रशोधन वा परिवर्तन नगरेको ।
  • दुबै कान देखिने गरी सिधा क्यामरामा हेरेको, मुहारको हेराई प्राकृतिक भएको, प्राकृतिक वाहेक कुनै दाग नभएको ।
  • आखा खुला हुनुको साथै स्पष्ट देखिने । यदि चस्मा लगाउनु पर्ने भएमा चस्माको फ्रेम पातलो र हलुका रंगको हुनुको साथै आखा स्पष्ट देखिने र टल्किएको हुन नहुने ।
  • विशेष धार्मिक कारण वाहेक टाउको खुला भएको र गहना नलगाएको ।
  • तस्विरको पृष्ठभूमि साधा र हलुका रङ्ग भएको तथा बोर्डर नभएको ।
  • मुहारमा समानुपातिक रुपले उज्यालो भएको, छाँया नपरेको, प्रकास ठीक मात्रामा भएको र फ्लयासका कारण आखा रातो नभएको ।
  • फोकस मिलेको  र स्तरीय कागजमा फोटो प्रिन्ट भएको ।
  • तस्विरको साईज निम्नानुसार भएको ।

   तर, विभाग वा Live Enrollment System लागू भएका विदेशस्थित नेपाली नियोगहरुमा आवेदक स्वयम् उपस्थित भै फोटो खिचाउनु पर्ने भएकोले वाहिरबाट फोटो खिचेर ल्याउनु पर्दैन ।

अनुसूची-२

राहदानीका लागि लाग्ने दस्तुर

  • नेपालमा आवेदन दिनेहरु (१० वर्ष पुगेका) को हकमाः
    • नयाँ र नवीकरण (New / Renew) का लागि:-
  • जिल्ला / इलाका प्रशासन कार्यालयमा आवेदन पेश गर्दाः

रु ५, ०००।-

  • विभागमा आवेदन पेश गर्दाः
सि.नं. विवरण दस्तुर
तीन दिनमा राहदानी लिनका लागि रु. १०,०००/-
दुई दिनमा राहदानी लिनका लागि रु. १२,०००/-
एक दिनमा राहदानी लिनका लागि रु. १५,०००/-
  • राहदानीमा भएको विवरण फरक परी पुन वनाउनु परेमाः
  • कार्यालयको त्रुटी भै फाराममा भरेको विवरण र राहदानीमा भएको विवरण फरक परेमाः

राहदानीको प्रयोग नभएको र एक वर्ष भित्रै भएमा निःशुल्क

अन्यथा नयाँ वनाउदा लाग्ने शुल्क

  • आवेदकको गल्तीले बिग्रिएर पुनः राहदानी बनाउनु परेमा

जिल्ला प्रशासन कार्यालयमा आवेदन पेश गर्दा रु ५,०००।-

विभागमा आवेदन पेश गर्दा÷

तीन दिनमा रु. ५,०००/-, दुई दिनमा रु. ७,०००/- हजार र १ दिनमा रु. १०,०००/-

(तर प्रयोग भै सकेको वा एक वर्ष म्याद नाघेको भएमा नयाँ सरह शुल्क लाग्ने छ ।

  • विशेष परिस्थिति (आगलागी, भूकम्प, बाढी जस्ता प्राकृतिक प्रकोप) परेकोमा वाहेक पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानीमा क्षति पुर्‍याएको वा हराएको कारणले नयाँ राहदानी लिनु पर्दाः

माथि उल्लिखित रकममा थप रकम रु ५, ०००।-

  • १० वर्ष मुनिका नाबालकको हकमा:-
तीन दिनमा राहदानी लिनका लागि रु. ५,०००/-
दुई दिनमा राहदानी लिनका लागि रु. ७,०००/-
एक दिनमा राहदानी लिनका लागि रु. १०,०००/-
आवेदकको गल्तीले बिग्रिएर पुनः राहदानी बनाउनु परेमा तीन दिनमा रु. २,५००/-,२ दिनमा रु. ४,५००/- र एक दिनमा रु. ७,५००/- शुल्क लाग्नेछ ।
विभागको गल्तीले बिग्रिएर पुनः राहदानीबनाउनु परेमा निःशुल्क (राहदानी बनाएको एक वर्षभित्र) । एकवर्ष नाघेमा नियमानुसार शुल्क लाग्नेछ ।
  • हराएको, बिग्रिएको, च्यातिएको हकमा (१० वर्ष मुनिका नाबालिगको लागि):-
तीन दिनमा राहदानी लिनका लागि रु. १०,०००/-
दुई दिनमा राहदानी लिनका लागि रु. १२,०००/-
एक दिनमा राहदानी लिनका लागि रु. १५,०००/-
  • यात्राअनुमतिपत्र (Travel Document):-
नियमित सेवा रु. ४,०००/-
आवेदकको गल्तीले पुनः बनाउनु परेमा रु. ४,०००/-
  • विदेसस्थित नियोगहरुमा
  • राहदानीको लागि
उत्तर र दक्षिण अमेरिकी देशहरु, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, दक्षिण कोरिया, ईजरायल र हङ्गकङ्ग स्थित नियोगहरुमा आवेदन पेश गर्दा अमेरिकी डलर १५० (एक सय पचास) वा सो बराबरको स्थानीय मुद्रा ।
युरोपेली राष्ट्रहरु स्थित नियोगहरुमा आवेदन पेश गर्दा युरो १२० (एक सय बीस) वा सो बराबरको स्थानीय मुद्रा ।
मलेसिया तथा मध्यपूर्वका मुलुक (कतार, साउदी अरेविया, संयुक्त अरव ईमिरेट्स, वहराईन, ओमन, लेवनान, ईराक, ईरान, कुवेत, ईजराईल, सिरिया, जोर्डन र यमन) स्थित नियोगहरुमा आवेदन पेश गर्दा अमेरिकी डलर ५० (पचास) वा सो बराबरको स्थानीय मुद्रा ।
अन्य एसियन, अफ्रिकन र बांकी सबै देशहरु स्थित नियोगहरुमा आवेदन पेश गर्दा प्रति राहदानी अमेरिकी डलर ८० (असी) वा सो बराबरको स्थानीय मुद्रा ।
  • पुरानो राहदानी हराएमा वा  च्यातिएमा वा केरमेट भै प्रयोग गर्न नमिल्ने भएमा माथि उल्लिखित दरको दोव्बर दस्तुर लाग्नेछ ।
  • दश वर्ष मुनिका नावालिगको हकमा माथि उल्लिखित रकमको आधा रकम र
  • यात्रा अनुमतिपत्रका लागिः

एकपाने यात्रा अनुमति पत्रको लागि अमेरिकी डलर ४० (चालिस) वा सो बराबरको स्थानीय मुद्रा । तर विदेशमा बेखर्ची वा बेसहारा भै अलपत्र परेको कारण उद्धार गरी नेपाल पठाउनको लागि नियोगले निशुल्क एकपाने यात्रा अनुमति पत्र जारी गर्न सक्नेछ ।

अनुसूची-३

अन्य आवश्यक कागजातहरु

  • नागरिकता लिएको जिल्ला वा इलाका प्रशासन कार्यालय वाहेक अन्य जिल्ला वा इलाका प्रशासनकार्यालयबाट राहदानीको सिफारिस लिई आउने आवेदकहरुले वसाई सराईको प्रमाणपत्र वा अन्य कुनै कागजातको आधारमा भए सोही अनुसारका कागजात पेश गर्नुपर्ने ।
  • नागरिकतामा रहेको जन्ममिति र शैक्षिक योग्यतामा रहेको जन्म मिति फरक परेमा शैक्षिक योग्यताको प्रमाणपत्रमा रहेको जन्ममिति कायम गरी राहदानी लिनु पर्ने अवस्थामा एसएलसी वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र ।
  • नागरिकतामा रहेको जन्ममिति र वृटिस/भारतीय आर्मि तथा सिँगापुर पुलिसको पेन्सनपट्टा (डिस्चार्ज सर्टिफिकेट) मा कायम जन्म मिति फरक परेकोमा पेन्सनपट्टाको जन्ममिति कायम गरी राहदानी लिनु पर्ने भएमा बृटिस/भारतीय सैनिकको डिस्चार्ज प्रमाणपत्र ।
  • विदेशी नागरिकसँग विवाह गरी विदेशको नागरिकता नलिएको महिलाको हकमा निजको पुराने राहदानीमा विदेशी पतिको थर समेत उल्लेख रहेछ भने साही बमोजिम र विदेशी नागरिकसँग  विवाह गरी विदेशको नागरिकता नलिएको र पहिलो पटक एमआरपीका लागि आवेदन पेश गर्ने महिलाको हकमा नागरिकता अनुसारकै थर मात्र कायम हुन्छ ।
  • विवाहित महिलाले नागरिकतामा रहेको थरको अलावा पतिको थर कायम गरी राहदानी वनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र ।
  • नागरिकतामा वर्ष मात्र उल्लेख भएको अवस्थामा जारी गर्ने दिनको आधारमा जन्म मिति गणना गरिने हुन्छ । यदि नागरिकतामा जारी गर्ने दिन भन्दा जन्म मिति अन्य दिनमा रहेछ भने सो प्रमाणित हुने कागजात (जन्म दर्ता प्रमाण पत्र वा जन्ममिति खुलेको SLC वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र) ।