Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"

यन्त्रवाचक राहदानीलाई संक्षिप्त रुपमा एमआरपी (Machine Readable Passport-MRP) भनिन्छ । यस्तो राहदानीको डाटा पेज (फोटो सहित अन्य विवरण भएको पेज नं २) मा रहेका नाम, राष्ट्रियता, जन्ममिति जस्ता विवरणहरु विषेश प्रकारको राहदानी पढ्ने मेसिनमा राखे पश्चात विवरणहरु कम्प्यूटरमा हेर्न सकिन्छ । एमआरपी विशेष प्रकारको प्रविधि अपनाई तयार गरिने हुदाँ यस्तो रहदानी सुरक्षित, गुणस्तरीय तथा विश्वसनीय हुनुको साथै विदेश यात्राका क्रममा अध्यागमन विन्दु पार गर्दा हस्तलिखित राहदानीको तुलनामा निकै सहज हुन्छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ICAO को दस्तावेज ९३०३ को प्रावधान अनुसार सन् २०१५ नोभेम्बर २४ पछि विदेश भ्रमण गर्नका लागि एमआरपी मात्र मान्य हुने हुँदा विदेश यात्रा गर्न चाहने सबैले एमआरपी बनाउनु पर्दछ । यस प्रावधानलाई दृष्टीगत गरी नेपाल सरकारले २६ डिसेम्बर २०१० देखि यन्त्र वाचक राहदानी (Machine Readable Passport – MRP) जारी गर्दै आएको छ ।