राहदानी हराएमा नयाँ राहदानी लिनु पर्दछ । यसका लागि नयाँ राहदानी बनाउँदा अपनाउन पर्ने सम्पुर्ण प्रक्रिया अपनाउनु पर्दछ । स्मरण रहोस्, पुरानो राहदानी हराएमा वा च्यातिएमा वा केरमेट भै प्रयोग गर्न नमिल्ने भै सो को सट्टा नयाँ राहदानी लिनु परेमा नेपालमा थप रु ५०००/- र विदेशस्थित नेपाली नियोगहरुमा तोकिएको दस्तुरको दोब्बर दस्तुर तिर्नु पर्दछ ।
- राहदानी हरायो, पत्र पत्रिकामा सुचना दिनु पर्दछ ?
पर्दैन । राहदानी हराएमा पत्रपत्रिकामा सूचना ननिकाले तापनि वा प्रहरी प्रतिवेदन नभएता पनि राहदानीका लागि आवेदन दिन सकिन्छ । विभागले हराएको राहदानीलाई रद्ध गरेको सूचना Interpol लाई दिने व्यवस्था छ ।
- हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइ सकेपछि पुरानो राहदानी भेटियो, के गर्ने ?
हराएको राहदानी भेटिएमा जुन स्थानवाट राहदानी वनाइएको हो, त्यहाँ सम्पर्क गरी राहदानी रद्ध गराउनु पर्दछ । हराएको राहदानी भेटिएतापनि हराएको जानकारी Interpol मार्फत विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी लिइ यात्रा गर्न मिल्दैन । हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारवाही हुन्छ ।