साधारण राहदानी बनाउनका लागि जुन जिल्ला वा इलाका प्रशासन कार्यालयबाट नागरिकता वा नावालक परिचयपत्र जारी भएको हो, सोही कार्यालयमा आवेदक स्वयं उपस्थित भई आवेदन फाराम पेश गर्नु पर्दछ । रित पूर्वक पेश गरेको आवेदन फाराम स्वीकृत भएमा सामान्यतः जिल्ला वा इलाका प्रशासन कार्यालयमा आवेदन पेश गरेको मितिले १५ देखि ४५ दिन भित्रमा राहदानी प्राप्त हुन्छ । कति दिनमा राहदानी प्राप्त हुने भन्ने कुरा विभागबाट जिल्लासम्मको दुरी अनुसार फरक पर्दछ ।