नेपालमा रहेका आवेदकलाई तत्काल राहदानी आवश्यक परेमा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट विभागले समय समयमा तोकिदिए अनुसार फोटो सहितको सिफारिस लिई राहदानी विभाग नारायणहिटी, काठमाण्डौंमा आवेदन पेश गर्न सकिन्छ । विभागमा द्रुत सेवा मार्फत १ दिने, २ दिने र ३ दिने सेवाको राहदानी जारी हुन्छ । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरुमा द्रुत सेवा उपलब्ध छैन ।

द्रुत सेवाका लागि विभागमा आवेदन पेश गर्दा देहायका कागजातहरु सहित स्वयं उपस्थित हुनु पर्नेछ । नावालिगको हकमा निज र निजको अभिभावक वा संरक्षक/ माथवर व्यक्ति समेत उपस्थित हुनु पर्नेछ ।
- रीतपूर्वक भरिएको अनलाईन आवेदन फाराम १ प्रति,
(Online फाराम भर्न विभागको वेवपेज https://nepalpassport.gov.np/ मा लगईन गर्नुहोला)
- नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि १ प्रति,
- सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी गरिएको फोटो सहितको सिफारिस (नागरिकता/ नाबालक परिचयपत्रको आधिकारिकता प्रमाणिकरण )
तर एक पटक नेपालको सरहद भित्रबाट प्रक्रिया पुरा गरी एमआरपी वनाई सकेको भएमा आवश्यकता अनुसार मात्र जिल्ला प्रशासन कार्यालयको सिफारिस माग गर्न सकिनेछ ।
- राहदानीको निमित्त लाग्ने दस्तुर (दस्तुर सम्बन्धी जानकारी अनुसूचि २ मा दिईएको छ ।)
- नाबालिगको हकमा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी भएको नाबालक परिचय पत्र र निजको बाबु/आमाको नागरिकताको प्रमाण पत्र तथा सोको प्रतिलिपि सहित वाबु/आमा मध्ये कुनै एक वा संरक्षक वा माथवर व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ । संरक्षक वा माथवर व्यक्ति नियुक्त भएकोमा उक्त व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षक वा माथवर व्यक्तिको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि सहित संरक्षक वा माथवर व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ ।
- पहिले राहदानी बनाइ सकेको भए सोको सक्कल र प्रतिलिपि १ प्रति ।
- अन्य आवश्यक कागजातहरु (अनुसूचि ३ मा हेर्नु होला) ।
द्रष्टब्यः- राहदानी विभाग वा अन्य जुनसुकै कार्यालयबाट हस्तलिखित राहदानी लिएको भएतापनि राहदानी विभागबाट MRP आवेदन पेश गर्दा जिल्ला/इलाका प्रशासन कार्यालयको सिफारिस अनिवार्य सँलग्न गर्नुपर्दछ । साथैविदेशस्थित नेपाली नियोगहरुबाट एमआरपी लिएको तर नेपालको सरहदभित्रबाट एकपटक पनि एमआरपी नबनाएको हकमा पनि जिल्ला सिफारिस आवश्यक पर्दछ ।