जिल्ला वा इलाका प्रशासन कार्यालयमा राहदानीको निमित्त आवेदन पेश गर्न चाहने आवेदकले जुन कार्यालयबाट नागरिकता वा नावालक परिचय लिएको हो, सोही कार्यालयमा स्वयं उपस्थित भै आवेदन दिनु पर्दछ । यसरी आवेदन पेश गर्दा देहाय अनुसारका कागजातहरु सँलग्न गर्नु पर्दछ । नाबालिगको हकमा निज र निजको बाबु/आमा वा संरक्षक/माथवर व्यक्ति समेत उपस्थित हुनु पर्दछ ।
- रीतपूर्वक भरिएको दरखास्त फाराम २ प्रति
- नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि १ प्रति
- ६ महिना भित्र खिचेको मापदण्ड मिलेको फोटो ४ प्रति, (फोटोको मापदण्डका लागि अनुसूचि १ मा हेर्नु होला)
- राहदानी दस्तुर तिरेको रसिद (दस्तुर सम्बन्धी जानकारी अनुसूचि २ मा हेर्नु होला)
- नाबालिगको हकमा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी गरिएको नाबालक परिचय पत्र, निजको बाबु/आमाको नागरिकताको प्रमाण पत्र र सोको प्रतिलिपि सहित वाबु/आमा मध्ये कुनै एक स्वयं उपस्थित हुनु पर्दछ । संरक्षक/ माथवर व्यक्ति नियुक्त भएकोमा संरक्षक/ माथवर व्यक्ति भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षक/ माथवर व्यक्तिको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि सहित संरक्षक/ माथवर व्यक्ति उपस्थित हुनु पर्दछ ।
- पहिले राहदानी बनाइ सकेको भए सोको सक्कल र प्रतिलिपि १ प्रति ।
- सम्बन्धित जिल्ला / इलाका प्रशासन कार्यालयले तोके अनुसार स्थानीय निकायको सिफारिस ।
- अन्य आवश्यक कागजात (अनुसूचि ३ मा हेर्नु होला) ।