- www.nepalpassport.gov.np मा जानुहोस् ।
- Apply for Passport मा Click गर्नुहोस् ।
- Application Type(New, Renew, Lost, Damage) Select गर्नुहोस् ।
- Ordinary Passport (34 pages) को ठीक तल Other Passport Type राखिएको छ । Other Passport Type मा Click गर्नुहोस । विशेष, सर्भिस तथा कूटनीतिक राहदानी (Official,Service वा Diplomatic)Select गरी **Proceed** गर्नुहोस् ।
- त्यसपछि Appointment को Location तथा Date छनोट गर्नुहोस् । Location छनोट गर्दा Department of Passport छनौट गर्नुपर्नेछ । Appointment Date र Time को हकमा भने उपलब्ध जुनसुकै Date Book गर्दा हुन्छ ।
- माग भए बमोजिमका सम्पूर्ण विवरणहरू भर्नुहोस् । विशेष, कूटनीतिक र सर्भिस राहदानीको हकमा राष्ट्रिय परिचयपत्र नम्बर भर्नु अनिवार्य छैन ।
- निम्न कागजातहरू अनिवार्यरुपमा Upload गर्नुहोस् ।
- नागरिकताको प्रमाणपत्र (सक्कल)
- सम्बन्धित मन्त्रालयको सिफारिसपत्र, प्रदेश सरकारको हकमा परराष्ट्र मन्त्रलाय र स्थानिय निकायको हकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा सम्बन्धित विषयको कार्यक्षेत्र रहेको मन्त्रालयको सिफारिस पत्र (सक्कल)। साथै उक्त सिफारिस पत्रमा उम्मेदवारको नाम, थर, सेवा, समुह, उप-समुह, श्रेणी/तह, कमर्चारी संकेत नं., कार्यरत कार्यालयको नाम, अवकास हुने अनुमानित मिति, कार्यक्रमको नाम र अवधि तथा भ्रमण गर्ने मुलुक अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
- निर्णयको प्रतिलिपि (निर्णयको पहिलो पेज, आवेदकको नाम भएको पेज र अन्तिम पेज अनिवार्यरुपमा अपलोड गर्नुहोस।)
- पूरानो राहदानीको सक्कल
- दिइएको निर्देशन अनुसार फाराम भरिसकेपछि उक्त फाराम प्रिन्ट गरी आफ्नो नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित निकायको पत्रको सक्कलका साथै निर्णयको प्रमाणित प्रतिलिपी सहित राहदानी विभागको कोठा न १०८ मा सम्पर्क गर्नहोला ।
| प.सं. .......................... च.नं. .......................... | मिति : .......................... |
श्री राहदानी विभाग
त्रिपुरेश्वर, काठमाडौँ ।
प्रस्तुत् विषयमा ............. कार्यालय/मन्त्रालय/सचिवालय/ आयोग/............को मिति .......................... गतेको निर्णयानुसार......................(मुलुक र शहरको नाम लेख्ने) मा मिति ........................... गतेदेखि मिति ........................ (तदानुसार ........................ देखि ......................) सम्म संचालन हुने “............................................................”(कार्यक्रमको पुरा नाम लेख्ने)विषयकतालिम/गोष्ठी/सेमिनार/अध्ययन/बैठक/……… मा सहभागि हुनको लागि तपसिलको विवरण अनुसारका सम्माननीय/माननीय/श्रीमान्/श्री .................को मनोनयन भएकोले राहदानी नियमावली २०७७ अनुसार .................(राहदानीको प्रकार लेख्ने) राहदानी जारी गरिदिने व्यवस्था हुन उक्त निर्णयको प्रमाणित प्रतिलिपि तथा सम्बन्धित कागजातको छाँया-प्रति यसै पत्रसाथ संलग्न गरी पठाइएको ब्यहोरा अनुरोध गर्दछु ।
तपसिल
- उम्मेदवारको नाम : .....................
- पदः................
- सेवा/समूह/उपसमूह : …………………….
- श्रेणी/तह : ........................
- कर्मचारी संकेत नं. : .....................
- कार्यक्रमको नाम : ...........................
- भ्रमण गर्ने मुलुक : ...........................
- कार्यक्रमको अवधि : ........................
- अवकाश हुने/पदावधि सकिने मिति : वि.सं ........................
संलग्न:
- रीतपूर्वक भरिएको राहदानीको फाराम ।
- मनोनयन निर्णयको प्रमाणित प्रतिलिपि ।
- नागरिकताको प्रतिलिपि ।
- राहदानी नविकरणको लागि भए पुरानो राहदानी ।
| ............................. (..........................) |






