background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

अ.    साधारण प्रक्रियाः

यदी तपाईँ नेपालमा हुनुहुन्छ भने राहदानी लिनको लागि जुन जिल्ला वा इलाका प्रशासन कार्यालयबाट नागरिकता वा नाबालक परिचयपत्र जारी भएको हो, सोही कार्यालयमा आवेदन दिनु पर्दछ । जिल्ला/इलाका प्रशासन कार्यालयबाट आवेदन दिँदा सामान्यतः जिल्ला वा इलाका प्रशासन कार्यालयमा आवेदन दर्ता गरेको 10 देखि 30 दिन भित्रमा राहदानी प्राप्त हुन्छ । कति दिनमा राहदानी प्राप्त हुने भन्ने कुरा विभागबाट जिल्लासम्मको दूरी तथा यातायात सुविधा अनुसार फरक पर्दछ।

आ.  द्रुत सेवाः

यदी तपाइँलाई तत्काल राहदानी आवश्यक परेको र पर्खन नसक्ने अवस्था छ भने राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौंमा आवेदन दिन सकिनेछ । विभागमा द्रुत सेवा उपलब्ध भएको र आवेदन दिँदा सामान्यतः आवेदन दिएको दुई कार्य दिनभित्र राहदानी प्राप्त हुन्छ र यसका लागि जिल्लाको दस्तुर भन्दा थप दस्तुर ( ३४ पृष्ठको लागि रु. थप ७,०००।- तथा ६६ पृष्ठको लागि  थप रु. १०,०००।-)  तिर्नुपर्ने हुन्छ । 

जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा नियमित सेवा मात्र उपलब्ध छ, द्रुत सेवा उपलब्ध छैन । साथै, विभागमा द्रुत सेवा मात्र उपलब्ध छ, नियमित सेवा उपलब्ध छैन।

नेपालमा आवेदन दिँदा आवश्यक कागजातः नेपालबाट राहदानीका लागि आवेदन दिँदा निम्न कागजात आवश्यक पर्छन् । 

(१)  फाराम भरे पश्चात् प्राप्त बारकोड तथा QR कोड सहितको फारामको प्रति (सकभर छापिएको र सो नभएमा डिजिटल तर Screenshot होइन) 
(२)  नेपाली नागरिकता प्रमाणपत्र वा नाबालक परिचयपत्रको सक्कल प्रति
(३)  हालको राहदानी सक्कल प्रति (Renewal को लागि मात्र)
(४)  राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र दर्ता भएको प्रमाण
(५)  दस्तुर बुझाएको बैक भौचर  वा नगदी रसिद
नाबालकहरूका लागि राहदानी विभागबाट आवेदन दिँदा सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालक परिचयपत्र प्रमाणीकरण समेत ल्याउनु पर्नेछ। साथै आमा बुबाको र संरक्षकको नागरिकताको प्रमाणपत्र समेत लिई आउनु पर्दछ।
६)  आवश्यकता अनुसार थप कागजात (प्रत्येक आवेदकको हकमा फरक पर्न सक्ने)  

नाबालकहरुका लागि थप कागजातः
क)    विभागमा पहिलोपटक आवेदन दिँदा सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालक परिचयपत्र प्रमाणीकरण 
ख)    बाबु/आमाको नागरिकता प्रमाणपत्र
ग)    बाबु/आमाको विवाहदर्ता प्रमाणपत्र ।

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.