राहदानी बनाउने समय राहदानी आवेदन केन्द्र अनुसार फरक फरक हुन्छ। सामान्यतः
क) राहदानी विभागमा आवेदन दिँदाः २ कार्य दिन भित्र।
ख) जिल्ला/इलाका प्रशासन कार्यालयमा आवेदन दिँदा १५ दिन देखी ४५ दिन लाग्छ।
ग) विदेशस्थित नेपाली नियोगमा आवेदन दिँदा १५ दिन देखी २ महिना सम्म लाग्छ।
थप जानकारीका लागि सम्बन्धित आवेदन ( info@nepalpassport.gov.np ) केन्द्रमा बुझ्न सकिनेछ ।
विदेशमा तुरुन्त राहदानी जरुरी परेमा आफन्त मार्फत नेपालबाट राहदानी बनाउन सकिन्छ?
सकिँदैन। यदी विदेशमा रहेको बखत तुरुन्त राहदानी आवश्यक भएमा सम्बन्धित नियोगबाट अस्थायी राहदानी लिने वा नेपालमा आई राहदानी बनाउन सकिन्छ । नेपाल आउनका लागि राहदानी नभएमा यात्रा अनुमतिपत्र लिन सकिन्छ ।