background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

TOTAL NUMBER OF e-PASSPORTS PRODUCED AS OF Chaitra, 2081 : 4,423,992

It is important not to use a lost or stolen passport for travel, even if the lost passport is later found.

TOTAL NUMBER OF e-PASSPORTS PRODUCED AS OF Baisakh, 2082 : 4,533,373

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

नेपालमा आवेदन दिँदाः राहदानी दस्तुर कति लाग्छ भन्ने जानकारी छ भने र राहदानी बनाउनका लागि सबै प्रक्रिया पुरा गर्नु भएको छ भने फाराम रुजू गर्नु अघि राजस्व बुझाउन सकिन्छ ।

यदी सो को जानकारी छैन भने राहदानी आवेदन केन्द्रमा उपस्थित भई फाराम रुजू  भने राहदानी विभाग तथा जिल्ला/इलाका प्रशासन कार्यालयहरूले तोके बमोजिमका बैंक, Online Payment वा Digital Payment मार्फत् राहदानीका लागि दस्तुर बुझाउन सकिनेछ।

विदेशस्थित नेपाली नियोगहरूको हकमा सम्बन्धित नियोगले तोकेबमोजिम हुनेछ।

फोटो खिच्दा गहना लगाउन मिल्छ?

सामान्यतः सधैँ लगाउने र साना आकारका गहना (जस्तैः नाकमा लगाउने सानो फुली) लगाउन सकिन्छ। तर यस्तो गहना फोटो खिच्दा टल्कनु हुँदैन र गहनाले मुहारमा प्रमुख भाग (जस्तै आँखा, मुख, आँखीभौँ, आदि) छोपिनु हुँदैन । साथै, पार्टीमा लगाउने जस्तो गहना फोटो खिच्दा फुकाल्नु पर्दछ।

फोटो खिच्दा शृङ्गार (Makeup) वा टीका लगाउन मिल्छ?

फोटो खिच्दा सकभर श्रृङ्गार नगर्नु राम्रो हुन्छ । तर मुखाकृतिमा कुनै फरक नपर्ने किसिमका नियमित गरिने श्रृङ्गार भने लगाउन सकिन्छ ।

टीका सम्बन्धमा कुनै स्पष्ट मापदण्ड नभएको भएतापनि फोटो खिच्दा टीका नलगाएको राम्रो हुन्छ । 

घाँटी वा सो भन्दा माथि अनुहारमा स्थायी Tattoo वा कुनै दाग छ के गर्ने?

घाँटी वा सो भन्दा माथि स्थायी प्रकृतिको ट्याटु वा कुनै दाग छ भने केही गर्नु पर्दैन । तर कुनै चोट पटक लागि वा अन्य कारणले कुनै दाग छ भने सो दाग हटे पछि राहदानी बनाउँदा उचित हुन्छ । यदि तुरुन्त राहदानी चाहिएको छ र अस्थायी प्रकारको चोटपटक वा दाग हटाउन सकिँदैन भने हाललाई राहदानी बनाई चोटपटक वा दाग निको भए पछि नयाँ राहदानी बनाउनु उपयुक्त हुन्छ। अन्यथा, यात्रा गर्ने क्रममा कठिनाई आउन सक्दछ ।

मेरो राहदानी बने नबनेको थाहा पाउन के गर्ने? 

राहदानी बने नबनेको थाहा पाउन Google Play Store वा Apple को App Store बाट Nepal ePassport डाउनलोड गरी त्यसमा दिएको तरिका अनुसार आफै हेर्न सकिने व्यवस्था गरिएको छ । त्यसैले राहदानी प्रक्रिया के भयो भनी कार्यालयबाट जानकारी गराउन सकिने छैन । साथै, तपाइँको फाराम कुनै कारण बस अस्वीकृत भएमा त्यसको खबर तपाइँले उपलब्ध गराएको मोबाइल म्यासेज तथा ई-मेलमा प्राप्त हुन्छ । अस्वीकृत भएको जानकारी भएमा सम्बन्धित दर्ता केन्द्रमा सम्पर्क गर्नुहोला, दर्ता केन्द्रबाट आवश्यक कागजातसहित  पुनः पेस गर्नु पर्दछ । यसरी पुनः पेस गर्दा सामान्यतः पुनः फोटो खिच्नु नपर्ने भएकोले आफू उपस्थित नभए पनि आवेदन प्रक्रिया बढाउन सकिन्छ ।

 

 

footer-landmark
spokesperson

शत्रुध्वन पोखरेल

निर्देशक/ प्रवक्ता

communication@nepalpassport.gov.np

+97715970330

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2025. All rights reserved.