राहदानी बने नबनेको थाहा पाउन Google Play Store वा Apple को App Store बाट Nepal ePassport डाउनलोड गरी त्यसमा दिएको तरिका अनुसार आफै हेर्न सकिने व्यवस्था गरिएको छ।साथै यस विभागको website मा रहेको "राहदानीको स्थिति जाँच गर्नुहोस" मा क्लिक गरेर आफ्नो आवेदनको स्ट्याटस हेर्न सकिन्छ। त्यसैले राहदानी प्रक्रिया के भयो भनी कार्यालयबाट फोनबाट जानकारी गराउन सकिने छैन। साथै तपाइँको फाराम कुनै कारण बस अस्वीकृत भएमा त्यसको खबर तपाइँले उपलब्ध गराएको मोवाईलमा (mobile) म्यासेज तथा ई-मेलमा प्राप्त हुन्छ। अस्वीकृत भएको जानकारी भएमा सम्बन्धित दर्ता केन्द्रमा सम्पर्क गर्नु होला, दर्ता केन्द्रबाट पुनः पेस गर्नु पर्दछ। यसरी पुनः पेस गर्दा सामान्यतः पुनः फोटो खिच्नु नपर्ने भएकोले आफू उपस्थित नभए पनि आवेदन प्रक्रिया बढाउन सकिन्छ।






