background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

राहदानी विभागले पर्याप्त मात्रामा समय लिन सकिने गरी एपोइन्टमेन्ट खोल्नको लागि सम्बन्धित कार्यालयहरूलाई अनुरोध गरेको छ। यस सम्बन्धमा सम्बन्धित कार्यालयबाटै थप जानकारी लिन सकिनेछ।

मैले फारम भरेर एउटा समय लिसके उक्त समय क्यान्सिल अथवा परिवर्तन गर्न के गर्नुपर्ला?

एकपटक फाराम भरी सकेपछि यसलाई परिवर्तन गर्ने व्यवस्था छैन। यदि तपाईंलाई तोकिएको समयमा उपस्थित हुन नसक्ने अवस्था भई अन्य समय लिनुपर्ने अवस्था भएमा सम्बन्धित कार्यालयमा सम्पर्क गरी सोही फारामलाई वा नयाँ फाराम भरी कार्यालयले तोके अनुसार गर्नुपर्दछ।

हाल म नागरिकता लिएको भन्दा अर्कै जिल्लामा बस्ने गर्छु के त्यहाँबाट राहदानीको लागि आवेदन दिन सकिन्छ?

यदि तपाईं कुनै जिल्लामा बसाईंसराई गरी जानुभएको छ भने आफू बस्ने जिल्लाबाट आवेदन गर्न सकिन्छ। साथै जुनसुकै जिल्लामा रहेको भएतापनि राहदानी विभागमा आवेदन गर्न सकिन्छ। अन्य अवस्थामा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट आवेदन दिनु पर्दछ।

तयार राहदानी लिन के-के गर्नु पर्छ? के-के कागजात आवश्यक पर्दछन्?

राहदानी तयार भएको जानकारी प्राप्त भएपछि राहदानी आवेदन फाराम, राहदानीको शुल्क बुझाएको रसिद, नागरिकता प्रमाणपत्र र पहिलाको राहदानीसहित सम्बन्धित कार्यालयमा जानु पर्दछ ।  सामान्यतः कार्यालय समयमा तयार राहदानी जारी गरिन्छ। तर, यस सम्बन्धमा कार्यालय अनुसार फरक-फरक व्यवस्था हुनसक्ने भएकोले सम्बन्धित कार्यालयबाट थप जानकारी लिन सकिनेछ। 

३४ पेज वा ६६ पेज कुन राहदानीका लागि आवेदन दिने? के सबैले ६६ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिन्छ ?

यदि तपाईंलाई बारम्बार यात्रा गरिरहनुपर्छ र राहदानीको पाना अपर्याप्त हुन सक्छन् भन्ने लागेमा ६६ पेजको राहदानीका लागि आवेदन दिनु पर्दछ। अन्यथा, ३4 पेजको लागि राहदानी  आवेदन दिनु पर्दछ।

 के ६६ पेजको राहदानीमा भिसा लाग्ने सम्भावना बढी हुन्छ?

हुँदैन। ३4 पेज वा ६६ पेज दुबै राहदानीको मान्यता समान हुन्छ।

अफिसियल/कुटनितिक तथा सर्भिस राहदानीका लागि आवेदन दिन के-के कागजात जरुरी हुन्छ?

यस सम्बन्धमा सम्बन्धित मन्त्रालय वा संवैधानिक निकाय वा अड्डा अदालतबाट थप बुझ्न सकिनेछ।

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.