यदि तपाईं कुनै जिल्लामा बसाईंसराई गरी जानुभएको छ भने आफू बस्ने जिल्लाबाट आवेदन गर्न सकिन्छ। साथै जुनसुकै जिल्लामा रहेको भएतापनि राहदानी विभागमा आवेदन गर्न सकिन्छ। अन्य अवस्थामा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट आवेदन दिनु पर्दछ।
के ६६ पेजको राहदानीमा भिसा लाग्ने सम्भावना बढी हुन्छ?
हुँदैन। ३4 पेज वा ६६ पेज दुबै राहदानीको मान्यता समान हुन्छ।
अफिसियल/कुटनितिक तथा सर्भिस राहदानीका लागि आवेदन दिन के-के कागजात जरुरी हुन्छ?
यस सम्बन्धमा सम्बन्धित मन्त्रालय वा संवैधानिक निकाय वा अड्डा अदालतबाट थप बुझ्न सकिनेछ।