background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

सामान्यतः आफूलाई जहिले आवश्यक पर्छ सोही समयमा राहदानी नवीकरण गर्नु पर्दछ । राहदानीको म्याद सकिएतापनि आफूलाई आवश्यक छैन भने नवीकरण गर्नु पर्दैन ।

हालको राहदानीको बहाल अवधि एक वर्ष भन्दा कम बाँकी रहेको अवस्थामा राहदानी नवीकरण गर्न सकिन्छ ।

तर, निम्न अवस्थामा भने १ वर्ष भन्दा बढी अवधि बहाल रहेको भएतापनि राहदानी नवीकरणका लागि आवेदन गर्न सकिनेछ ।

१) राहदानी पुरानो भई पढ्न नसक्ने भएमा, च्यातिई, झुत्रो भई वा विवरणमा त्रुटि भई प्रयोग गर्न नमिल्ने भएमा,

२) राहदानी हराएको कारण देखाई निवेदन दिएमा,

३) राहदानीको पाना केरमेट भएको, पाना च्यातिएको वा विशेष परिस्थितिको कारणले राहदानी प्रयोग हुन नसक्ने भई सोको प्रमाण सहित निवेदन दिएमा,

४) राहदानीका पानाहरू भरिई पर्याप्त पाना नभएमा,

५) थर परिवर्तन भएमा,

६) नाबालकको उमेर सोह्र वर्ष पुगी राहदानी लिन चाहेमा,

७) कुनै घटना, उपचार वा अन्य कारणबाट राहदानीमा रहेको फोटोभन्दा राहदानी बाहकको मुखाकृति फरक हुन गई सोको कारण सहित निवेदन दिएमा,

८) बाहकको राहदानीमा उल्लेख भएको निकटतम व्यक्त वा जरुरी परेमा सम्पर्क गर्ने व्यक्तिको नाम, थर तथा ठेगाना परिवर्तन गर्नुपर्ने भई सोको कारण र प्रमाणसहित निवेदन दिएमा ।

९) सम्बन्ध विच्छेद भएको महिलाले पूर्व पतिको थर नराखी राहदानी लिनको लागि सम्बन्ध विच्छेदको प्रमाण सहित निवेदन दिएमा ।

१०) वैदेशिक रोजगारमा जाने कामदारको राहदानीको बहाल अवधि निजको वैदेशिक रोजगारको लागि स्वीकृत अवधिभन्दा कम भएको प्रमाणसहित नयाँ राहदानीको लागि निवेदन दिएमा,

११) विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको राहदानीको बहाल अवधि निजको अध्ययन अवधि भन्दा कम भएको प्रमाणसहित नयाँ राहदानीको लागि निवेदन दिएमा ।

पुनश्चः राहदानी हराएको, पाना च्यातिएको, केरमेट भएको वा अन्य कुनै कारणले राहदानी प्रयोग हुन नसक्ने भएको कारणले नयाँ राहदानी लिनु पर्दा थप दस्तुर लाग्दछ ।

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.