हराएको, चोरी भएको अवस्थामा प्रतिलिपि नभएको वा भएतापनि विवरण नबुझिने भइ स्पष्ट नभएमा आवेदकले राहदानी विभाग वा दर्ता केन्द्रमा सम्पर्क गरी उक्त राहदानीको विवरण लिन सकिन्छ ।
राहदानी हरायो वा चोरी भयो, पत्रपत्रिकामा सूचना दिनु पर्छ?
राहदानी हराएमा वा चोरी भएमा पत्रपत्रिकामा सूचना निकाल्नु पर्दैन। प्रहरी प्रतिवेदन पनि आवश्यक पर्दैन।सोझै राहदानीका लागि आवेदन गर्न सकिनेछ। विभागले हराएको राहदानीलार्इ रद्द गरेको जानकारी Interpol लार्इ दिने व्यवस्था छ।
के राहदानी नवीकरण गर्दा पुरानो नम्बरकै राहदानी बन्दछ? मेरो राहदानीमा भिसा छ, नवीकरण गर्दा के हुन्छ?
बन्दैन। राहदानी नवीकरण गर्दा नयाँ नम्बरको राहदानी बन्दछ। राहदानी नवीकरण गर्दा नयाँ राहदानीमा पुरानो राहदानीको नम्बर आउने भएकोले सामान्यतः पुरानो राहदानीमा भएको भिसाको आधारमा भ्रमण गर्न सकिन्छ। यद्यपि, यो विषय भ्रमण गर्ने मुलुकको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने हो, सो मुलुकको आधिकारिक निकायसँग बुझ्न राम्रो हुन्छ।