Pre-enrollment पश्चात गल्ती भोटिएमा Enrollment Center मा verification (रुजु) गर्ने कर्मचारी वा live enrolment गर्ने कर्मचारीलाई उक्त गलत विवरण सच्चाउन अनुरोध गर्ने। फोटो खिचेर फाराममा दस्तखत गर्नु अघि विवरण सच्चिएको छ/छैन राम्रोसँग हेर्नु पर्दछ । फारामलाई दस्तखत गरी अन्तिम स्वीकृति दिए पछि भने सच्याउन सकिने छैन । त्यस पछि त्रुटि भएको थाहा भयो भने राहदानी छापिन भन्दा पहिले प्रक्रिया रद्द गरी पुनः प्रक्रिया गर्न सकिन्छ । तर रद्द गर्नु अघि नै राहदानी छापियो भने पुनः सबै प्रक्रिया गर्नु पर्ने र नियमानुसार नयाँ सरह शुल्क तिर्नु पर्ने हुन्छ ।