Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"

एक ऐतिहासिक राहदानीको प्राप्ति।


श्री इन्दु शमशेर थापाको सन् १९५९ नोभेम्बर १९ मा जारी भएको राहदानी उहाँको छोरा श्री गौरब शमशेर थापाले यस विभागका महानिर्देशक श्री डोरनाथ अर्यालज्यूलाई आज राहदानी विभागमा हस्तान्तरण गर्नुभयो । राहदानीको भित्री पाना तथा भिसा पेजहरूमा उल्लेखित विवरणहरू रोचक र संग्रहालयको लागि महत्वपूर्ण छन् । विभागमा हालसम्म प्राप्त यस प्रकारको यो सबैभन्दा पुरानो राहदानी हो जसमा नेपाल सरकारको नामबाट छपाई भएको र पछि हातले श्री ५ को सरकार बनाएको देखिन्छ । उक्त राहदानी नेपाली राजदूतावास, लण्डनबाट जारी गरिएको र  उक्त राजदूतावासका तत्कालीन प्रथम सचिव श्री झरेन्द्र नारायण सिंहले हस्ताक्षर गरेको देखिन्छ ।

           राहदानी विभागले राहदानी संग्रहालयको स्थापनाको शुरुवात गरेको छ । संग्रहालयमा राख्न उपयुक्त ऐतिहासिक राहदानी/यात्रा अनुमतिपत्र आदि भएमा कृपया राहदानी विभागलाई उपलब्ध गराइदिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।