background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : SUN - THU (10 AM TO 5 PM) , FRI (10 AM TO 3 PM)

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag
साधारण विद्युतीय राहदानी बनाउने प्रक्रिया

(क) साधारण विद्युतीय राहदानी बनाउनका सर्वप्रथम अनलाइन फाराम ( pre-enrolment form) भर्नुहोस् ।

अनलाईन फाराम घरमै बसी कम्प्युटर वा मोबाइलबाट भर्न सकिन्छ । फाराम भर्दा सकभर आफैं भर्नुहोस् र सबै विवरण फरक नपर्ने गरी ठीकसँग भर्नुहोस् । मोबाइलबाट फाराम भर्न मोबाइल एपको प्रयोग गर्न सकिन्छ । फाराम भर्दा आफूलाई सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय, राहदानी विभाग वा विदेशमा भए सम्बन्धित दूतावास/कन्सुलेट लाई Enrolment Centre छनौट गरी आफूलाई उपयुक्त हुने मिति र समयमा Appointment तय गरी फाराम भर्नु पर्दछ । फाराम भर्दा दिइएको मार्गदर्शन अनुसार भरी फाराम बुझाउने (Submit) र उक्त फाराम बुझाएपछि तपाइँले बारकोड तथा QR कोड सहितको फारामको पूर्ण प्रति प्राप्त गर्नुहुनेछ । उक्त फाराम प्रिन्ट गरी निर्धारित समयमा दर्ता केन्द्रमा आउनुहोस् । प्रिन्ट गर्ने सुविधा नभएमा तपाइको मोबाइल फोनमा सुरक्षित गरी त्यसलाई लिएर आउँदा पनि हुन्छ । मोबाइलमा लिएर आउँदा सक्कल फाराम लिएर आउनु होला (screenshot होइन ) ।

(ख) फाराम भरे पछि उक्त फाराम तथा अन्य आवश्यक कागजहरू सहित तपाइँले रोज्नु भएको दर्ता केन्द्रमा गई राहदानी आवेदन दर्ता गर्नु पर्दछ । राहदानी आवेदन दर्ता गर्न १. फाराम रुजू गर्ने → २. राजस्व भुक्तानी गर्ने , र→ ३. दर्ता गर्ने (फोटो खिच्ने र जैविक विवरण दिने) कार्य गर्नु पर्दछ ।

(ग) राहदानी तयार भएपछि उक्त कुरा ईमेल वा एसएमएस (SMS) बाट जानकारी गराइनेछ । जानकारी प्राप्त भए पछि आवश्यक कागजात लिई जुन ठाउँबाट आवेदन दिनुभएको हो सोही ठाउँमा गई राहदानी सङ्कलन गर्नुहोस् । (विदेशस्थित नेपाली नियोगहरुको राहदानी delivery सम्बन्धी व्यवस्था हुलाकमार्फत् वा स्वयम् उपस्थित भई लिन सकिने व्यवस्था हुन सक्नेछ।)

(घ) नयाँ राहदानी लिँदा वा नवीकरण गर्दा वा अन्य जुनसुकै अवस्थामा राहदानी बनाउँदा पनि सोही प्रक्रिया अपनाउनु पर्दछ ।

 

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.