Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"

प्रणाली अपडेट गरिएको बारे सूचना


हिजो राती प्रिइनरोलमेन्ट पोर्टल तथा प्रणालीमा देखिएका केही प्राविधिक समस्याहरुकाे समाधान हुने गरी सफ्टवेयरमा मेजर अपडेट गरिएको छ। यसबाट धेरै समस्याहरू समाधान हुने अपेक्षा गरिएको छ। तर पनि केही समस्या अझै पनिआउँछ कि भनेर प्राबिधिकहरुले २४ सै घण्टा मोनिटर गरी रहनु भएको छ। सेवाग्राही वा कर्मचारीहरुले कुनै प्राबिधिक समस्या सामना गर्नु भयो वा नोटिस गर्नु भएमा कृपया ईमेल वा फोनबाट तुरून्त जानकारी गराउनु हुन हार्दिक अनुरोध छ । लाईभ इनरोल्मेन्टमा भएको अपडेट विभागमा एक दुई दिन परीक्षण गरेपछि अन्य जिल्ला तथा नियोगमा अपडेट गर्ने कार्यक्रम छ।

राहदानी विभाग
२०७९ जेठ १२