Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"

विदाको दिनमा सेवा प्रदान गरिएको बारे


मिति २०७५/११/१५ गते ताप्लेजुंग जिल्लामा भएको हेलिकप्टर दुर्घटनामा माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यू लगायत सात जनाको दु:खद निधन भए पश्चात मिति २०७५/११/१६ गते राष्ट्रिय शोक र सार्वजनिक विदा घोषणा गरिएको भएता पनि अनपेक्षित रुपमा पर्न गएको विदाले सर्बसाधारण सेवाग्राहीमा पर्न जाने असुविधालाई मध्यनजर गर्दै सो विदाको दिनमा समेत १०:०० देखि १२:०० बजे सम्म सेवा प्रदान गरिएको। साथै ३ दिनमा राहदानी जारी गरिने सेवालाई समेत उक्त विदाले असर नपर्ने गरि तोकिएकै दिनमा आज सम्पूर्ण सेवाग्राहीहरुलाई समयमै राहदानी वितरण गर्न सफल भएका छौ।