Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"

विद्युतीय राहदानी के भइरहेको छ ?


मंसिर १ गते 
त्रिपुरेश्वरस्थित राहदानी विभागबाट मंसिर १ गते सताब्दी पुरुष सत्यमोहन जोशीज्यूलाई पहिलो वित्तुतीय विद्युतीय राहदानी पराराष्ट्र मन्त्री डा. नारायण खड्काबाट वितरण गरी विधिबत रुपमा नेपालबाट विद्युतीय राहदानीको जारी कार्य शुरु ।

मंसिर २ गते
दोश्रो दिन केही सेवाग्राहीहरु अनलाइनबाट समय मिति र समय बुक गरी तोकिएको समयमा विभागको त्रिपुरेश्वरस्थित भवनमा आउनु भयो । बुकिङ्ग मार्फत आमन्त्रण गरिएको पहिलो दिन हुनाले सीमित संख्यालाई मात्र बुक गर्ने अवशर दिइएको थियो । पहिलो पटक आउनु भएका सेवाग्राहीलाई विभागका महानिर्देशक तथा कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।

  मंसिर ३ गते
उत्पादन भएका राहदानीहरु वितरण गरियो । अनलाइनबाट मिति र समय बुक गरेर पहिलो दिन राहदानी लिन आउने सेवाग्राहीहरुलाई महानिर्देशक श्री डोरनाथ अर्यालले वितरण गर्नु भएको थियो । अनलाइनबाट समय बुक गरी आउनु भएका सेवाग्राहीहरुको लाइभ इन्रोलमेन्ट गरियो ।





मंसिर ५ गते
नियमित रुपमा अनलाइनबाट मिति र समय बुक गर्नु भएका सेवाग्राहीले लाइभइन्रोलमेन्ट गर्नु भयो । शुरुका दिनमा प्रिइन्रोलमेन्टमा बढी लोड भएर स्लो भएकोमा प्राविधिकहरुको टोलीले समाधान गरेको छ । विभागले क्रमिक रुपमा निवेदकको संख्यालाई बढाउ गएको छ ।

मंसिर ६ गते
तयारी भएका राहदानी वितरण गरियो र निवेदकको संख्या बढाइएकोले सेवाग्राहीको संख्या बढी देखियो । तोकिएको मिति र समयमा आउँदा लाइन नबसी तुरुन्त सेवा पाइएकोमा सेवाग्राही खुसी भएको पाइयो ।
आज जिल्ला प्रशासन कार्यालय ललितपुरमा नेटओर्किङ्ग लगायतका् काम गरियो । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुबाट दुई हप्ता भित्रै सेवा संचालन गर्ने कार्यक्रम छ । उपत्यकाको हकमा लाइभ इन्रोलमेन्ट गरी सकेपछि करिब ७ दिन भित्रै तयारी राहदानी विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने गरी तयारी गरी रहेको छ । त्यस्तै अन्य जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरुको हकमा हाल लाग्ने गरेको समय भन्दा विद्युतीय राहदानीको हकमा करिब ६० देखि ७० प्रतिशत कम समय लाग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय परिचयपत्रसँगको अन्तरआवद्धतालाई व्यवस्थित गर्न राहदानी विभागका महानिर्देशक श्री डोरनाथ अर्याल र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक श्री तीर्थ राज भट्टराई बीच विभागको त्रिपुरेश्वरस्थित कार्यालयमा एक बैठकको आयोजना गरियो । बैठकमा दुई विभागका निर्देशक तथा प्राविधिक कर्मचारीहरुको उपस्थित थियो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशकले समस्याको तत्काल समाधान गर्न मोवाइल नम्बर सहित तत्काल रेस्पोन्स गर्ने टोली गठन गर्न लागेको कुरा जानकारी गराउनु भयो । राहदानी विभागका महानिर्देशकले राष्ट्रिय परिचयपत्रसँग रुजु नभएका वा आंशिक रुजु भएका विषयहरुमा तत्काल समस्याको समाधान गर्न एक जना अधिकृतस्तरको कर्मचारी राहदानी विभागमा रहने गरी खटाइदिने व्यवस्थाको लागि अनुरोध गर्नु भयो ।