Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"

सार्वजनिक विदाको दिन कार्यालय खोली राहदानी वितरण गरिएको वारे ।


यस विभागवाट दैनिक रुपमा प्रवाह हुने राहदानी वितरण द्रुतसेवा (एक दिने /दुई दिने/तीन दिने) आज मिति २०७६ जेष्ठ २२ गतेका दिन ईस्लाम धर्मावलम्वीको महान चाडको अवसरमा नेपाल सरकारवाट आकष्मिक सूचना मार्फत सार्वजनिक विदाको घोषणा भएवाट आजको मितिमा हुनैपर्ने राहदानी वितरण कार्य अवरुध्द हुंदा सेवाग्राहीमा पर्ने मर्कालाई ध्यान दिई विभागले विहान ९.३० वजेदेखि अपरान्ह ३.०० वजेसम्म कार्यालय खुला राखी तीनवटा वितरण काउण्टरवाट जम्मा २९९ राहदानी वितरण गर्ने कार्य सम्पन्न गरेको व्यहोरा अवगत गराईन्छ ।
राहदानी विभाग
परराष्ट्र मन्त्रालय
नारायणहिटी ।