Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"

सूचना


सफ्टवेयर अपडेट गर्ने क्रममा प्रिइनरोलमेन्ट पोर्टलमा सामान्य प्राविधिक समस्या देखिएको छ । विशेष गरी राहदानी नवीकरण र हराएको बिकल्प (Option) छान्दा बेलाबेलामा सर्भर इरोर भन्ने मेसेज देखाएको छ । प्राविधिक टोलीले काम गरिरहेको छ र आज बेलुकासम्म फिक्स हुने जानकारी गराएको छ । अत: केही समय धैर्य गर्नु हुन अनुरोध छ । विभागले बुकिङ्ग अवधि करिब साढे दुई महिनासम्म पुगेकोमा हाल बिदाको दिन र बढी समय काम गरेर समेत १२ दिनमा ल्याएको छ । आइतबार पनि कार्यालय खोली सेवा प्रदान हुने हुँदा बुकिङ्ग अवधि अझ कम गर्न कोशिस गरिएको छ । सामान्य अवस्थामा लाइभ इनरोलमेन्ट गरेको दुई कार्यदिन भित्र राहदानी पाउन सकिन्छ ।

राहदानी विभाग
२०७९।०२।१३