Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"

विद्युतीय राहदानी आज के भयो ?


२०७८ मंसिर २ गते

विद्युतीय राहदानी आज के भयो ?

विद्युतीय राहदानी जारी भएको दोश्रो दिन केही सेवाग्राहीहरु अनलाइनबाट समय मिति र समय बुक गरी तोकिएको समयमा विभागको त्रिपुरेश्वरस्थित भवनमा आउनु भयो । बुकिङ्ग मार्फत आमन्त्रण गरिएको पहिलो दिन हुनाले सीमित संख्यालाई मात्र बुक गर्ने अवशर दिइएको थियो । विभागको क्रमिक रुपमा संख्या बढाउदै जाने कार्यक्रम छ । पहिलो पटक आउनु भएका सेवाग्राहीलाई विभागका महानिर्देशक तथा कर्मचारीहरुले स्वागत गर्नु भएको थियो । केही सेवाग्राही समय लिएर पनि आउनु भएन शायद परीक्षणको लागि प्रिइन्रोलमेन्ट गरेर नआउनु भएको हुनसक्छ ।
प्रिइन्रोलमेन्टमा सामान्य प्राविधिक कठिनाईहरुका कारण मर्मत कार्य भइरहेको छ ।
सेवाग्राहीहरुले कृपया धैर्य गर्नु होला ।