background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

नाबालक परिचयपत्र जुन जिल्ला/इलाका प्रशासन कार्यालयबाट जारी भएको हो, सोही जिल्ला/इलाका प्रशासन कार्यालयबाट आधिकारिकता प्रमाणित गरिन्छ। यसमा आवेदकको फोटो टाँसी सम्बन्धित अधिकारीको दस्तखत गरिएको हुन्छ।

नाबालक परिचयपत्र प्राप्त गरेको जिल्लाबाट बसार्इ सरेको अवस्थामा बसार्इंसरार्इको कागजात लिइ हाल बसोबास गरेको जिल्लाबाट पनि प्रमाणीकरण गर्नुपर्दछ। नाबालक परिचयपत्रबाट पहिलो पटक राहदानी आवेदन गर्दाको अवस्थामा आधिकारिकता प्रमाणित पत्र आवश्यक हुने हुँदा नाबालक परिचयपत्र प्रमाणीकरण नभर्इ राहदानी आवेदन स्वीकार हुँदैन।

नाबालकहरुका लागि थप कागजातः
क)    विभागमा पहिलोपटक आवेदन दिँदा सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालक परिचयपत्र प्रमाणीकरण 
ख)    बाबु/आमाको नागरिकता प्रमाणपत्र
ग)    बाबु/आमाको विवाहदर्ता प्रमाणपत्र ।

जन्मस्थान (Place of Birth) मा के लेख्नेः

·                  नेपालमा जन्मेको राहदानी आवेदकको हकमा निज जन्मेको जिल्लाको नाम उल्लेख गर्ने।

·                  विदेशमा जन्मेको राहदानी आवेदकको हकमा निज जन्मेको देशको नाम उल्लेख गर्ने। Pre-enrollment गरी अनलाइन आवेदन फाराम भर्दा “Other” option मा गई देशको नाममा click गर्ने।

Pre-enrollment गरी अनलाइन आवेदन फाराम भरी Submit गरेपश्चात् फाराममा त्रुटि भेटिएमा के गर्ने?

Pre-enrollment पश्चात गल्ती भोटिएमा Enrollment Center मा verification (रुजु) गर्ने कर्मचारी वा live enrolment गर्ने कर्मचारीलाई उक्त गलत विवरण सच्याउन अनुरोध गर्ने। फोटो खिचेर फाराममा दस्तखत गर्नुअघि विवरण सच्चिएको छ/छैन राम्रोसँग हेर्नु पर्दछ । फारामलाई दस्तखत गरी अन्तिम स्वीकृति दिए पछि भने सच्याउन सकिने छैन । त्यसपछि त्रुटि भएको थाहा भयो भने राहदानी छापिन भन्दा पहिले प्रक्रिया रद्द गरी पुनः प्रक्रिया गर्न सकिन्छ । तर रद्द गर्नु अघि नै राहदानी छापियो भने पुनः सबै प्रक्रिया गर्नु पर्ने र नियमानुसार नयाँ सरह शुल्क तिर्नु पर्ने हुन्छ ।

राष्ट्रिय परिचयपत्रको नम्बर (National Identity Number-NIN) सबैलाई अनिवार्य हो?

राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यलयमा राहदानी आवेदन गर्ने 16 वर्ष माथिका आवेदकले राहदानी आवेदन गर्दा फाराममा राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य रुपमा उल्लेख गर्नु पर्दछ।

तर, 16 वर्ष मुनिका नाबालक र विदेशस्थित नेपाली नियोगमा राहदानी आवेदन गर्ने आवेदकले राष्ट्रिय परिचयपत्रको नम्बर उल्लेख गर्नु अनिवार्य छैन।

विद्युतीय राहदानी (ePassport) का लागि राहदानी आवेदकले फोटो साथमा ल्याउनु पर्छ कि पर्दैन?

पर्दैन।राहदानी आवेदन गर्ने Enrollment Center मा नै प्रत्यक्ष दर्ता (live Enrollment) गर्दा कर्मचारीले फोटो खिच्ने हुनाले राहदानी आवेदकले फोटो साथमा ल्याउनु पर्दैन। तर तस्विर खिच्नका लागि शान्तसँग बस्न नसक्ने पाँच वर्ष नपुगेका बालबालिकाको हकमा भने तस्विर आवश्यक पर्दछ ।

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.