हराएको राहदानी भेटिएमा जुन स्थानबाट नयाँ राहदानी बनाइएको हो, त्यहाँ सम्पर्क गरी उक्त भेटिएको पुरानो राहदानी रद्द गराउनु पर्दछ। हराएको राहदानी भेटिए तापनि हराएको जानकारी Interpol मार्फत् विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी लिई यात्रा गर्न मिल्दैन। हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कार्यबाही हुन्छ।
जारी भइसकेको राहदानीको विवरणमा त्रुटि देखिएमा के गर्ने?
राहदानी छपार्इ हुँदा कुनै त्रुटि भएमा नयाँ राहदानी लिनु पर्दछ। यदि विभाग, नियोग वा कार्यालयको त्रुटिका कारण जारी भएको राहदानी प्रयोग हुन नसक्ने भई कसैले नयाँ राहदानी माग गरेमा विभागले कुनै दस्तुर नलिई नयाँ राहदानी जारी गर्नेछ।
राहदानी आवेदकको त्रुटिका कारण नयाँ राहदानी बनाउँदा नयाँ राहदानीका लागि लाग्ने बराबरको दस्तुर लाग्नेछ।