दूतावासमा राहदानीका लागि आवेदन दिएकोमा राहदानी जारी नुहुँदै नेपाल फर्कनु परेमा उक्त कुरा दूतावासलाई जानकारी गराई तयार राहदानी विभागबाट जारी गर्नु अनुरोध गर्न सकिन्छ । यदी राहदानी चलानी भइ सकेको रहेनछ भने तयार राहदानी विभागबाट लिन सकिन्छ । विभागबाट राहदानी लिन दूतावासको सिफारिस पत्र, सक्कल राहदानी/नाबालिग परिचयपत्र, सम्बन्धित पुरानो राहदानी/यात्रा अनुमतिपत्र र रसिद लिई विभागमा स्वयं उपस्थित हुनु पर्दछ । विभागबाट कागजात रुजू गरी राहदानी जारी गरिन्छ ।
विदेशमा राहदानी तुरुन्त चाहिएमा आफन्त मार्फत नेपालबाट झिकाउन सकिन्छ?
सकिँदैन ।
राहदानी लिन आउँदा के के कागजात लिई आउनु पर्छ? कति समय लाग्छ? आफै आउनु पर्दछ?
राहदानी बुझ्न आउँदा राहदानी आवेदन फाराम, पुरानो सक्कल राहदानी (पहिलो पल्ट राहदानी आवेदन दिएको वा हराएको कारण आवेदन दिएकोमा बाहेक), नागरिकता तथा दस्तुर बुझाएको रसिद साथमा लिई आउनु पर्दछ । राहदानी लिन स्वयं उपस्थित हुनु पर्दछ तर नाबालिगको हकमा निजको आमा वा बुवा आउनु पर्दछ ।
तयार राहदानी लिन १० – १५ मिनट समय लाग्छ ।






