background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

विदेशमा रहेको बखत बच्चा जन्मिएमा राहदानी बनाउन के गर्ने?

नेपाली बाबु र आमाबाट विदेशमा रहेका बखत बच्चा जन्मिएमा आफू बसोबास गर्ने मुलुक स्थित नेपाली नियोग वा उक्त मुलुकमा नेपाली नियोग नभएमा सो मुलुक हेर्ने जिम्मेवारी तोकिएको नेपाली नियोगलाई Enrollment Center बनाई आफूलाई उपयुक्त हुने मिति र समयमा Appointment तय गरी Pre-enrollment गरी तोकिएको मिति र समयमा राहदानी आवेदनका लागि आवश्यक कागजातहरू सहित नियोगमा नाबालक र निजको बुवा वा आमा उपस्थित हुनु पर्दछ। यदि बच्चासहित तत्काल नेपाल फर्कनु पर्ने भएमा यात्रा अनुमतिपत्रका लागि सम्बन्धित नेपाली नियोगमा आवेदन पेस गर्नु पर्दछ। 

विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका बच्चाको हकमा राहदानीका लागि बाबु नागरिक रहेको मुलुकको सम्बन्धित निकायमा सम्पर्क राख्नु पर्दछ।

यसरी एक पटक नाबालिगका नाममा राहदानी जारी गरे पश्चात् अर्को पटक राहदानी जारी गर्नका लागि नाबालिग परिचयपत्र अनिवार्य हुने भएकोले यसरी राहदानी बनाए पछि अनिवार्य रूपमा नेपाल गई सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालिग परिचयपत्र बनाउनु होला ।

विदेशमा जन्मिएका नवजात शिशुको जन्म दर्ता/अस्थायी नम्बर लिन के गर्नेः

विदेशमा जन्मिएका नवजात शिशुको जन्म दर्ता/अस्थायी नम्बर लिनका लागि निम्न अनुसारका कागजातहरूसहित दूतावासमा सम्पर्क गर्नु पर्नेछ।

विदेशमा जन्मिएका नवजात शिशुको जन्म दर्ता/अस्थायी नम्बर लीनका लागि निम्न अनुसारका कागजातहरू सहित दूतावासमा सम्पर्क गर्नु पर्दछ । 

अ) आमा बाबु दुवै जनाको नागरिकताको प्रतिलिपि,

आ) आमा बाबु दुबैजानाको राहदानीको प्रतिलिपि,

इ) आमा बाबुको विवाह दर्ताको प्रमाणपत्र,

ई) नाबालकको जन्म दर्ताको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति,

उ) नाबालकको हालै खिचेको पासपोर्ट आकारको फोटो २ प्रति

माथि उल्लिखित कागजात सहित दूतावासमा आवेदन दिए पछि दूतावासले जन्म दर्ता वा अस्थायी नम्बर उपलब्ध गराउनेछ । नाबालिगको राहदानीको आवेदन फाराम भर्दा नागरिकता नम्बरको ठाउँमा दूतावासले उपलब्ध गराएको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ ।

नियोग अनुसार यस व्यवस्थामा फरक पर्ने भएकोले यकिन जानकारीका लागि सम्बन्धित नियोगमा सम्पर्क गर्नु होला । 

राहदानी सम्बन्धमा थप जानकारी आवश्यक परेमा कहाँ सम्पर्क गर्ने?

यसका लागि राहदानी विभाग, सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशमा भए सम्बन्धित नेपाली नियोगमा सम्पर्क गर्नु पर्दछ।

राहदानी विभागमा सम्पर्कका लागिः

टेलिफोनः 01-5970330

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.