हराएको राहदानी भेटिएमा तुरुन्तै दर्ता केन्द्रमा सम्पर्क गरी भेटिएको राहदानी रद्द गराउनु पर्दछ। हराएको राहदानीको जानकारी Interpol मार्फत् विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी प्रयोग गर्न मिल्दैन । हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारबाही हुन सक्छ ।
अस्थायी राहदानी भनेको के हो ?
विदेशस्थित नियोगमा विद्युतीय राहदानीका लागि आवेदन दिएको तर तुरुन्त राहदानी जरुरी परेमा अस्थायी राहदानीका लागि आवेदन दिन सकिनेछ । अस्थायी राहदानी हस्तलिखित हुने भएकोले सामान्यतः विदेश भ्रमण गर्न मिल्दैन। तर, यस्तो राहदानीबाट कतिपय मुलुकमा भिसाको लागि आवेदन दिन सकिन्छ र नेपाल फर्कन पनि सकिन्छ । आफू रहेको मुलुकमा हस्तलिखित राहदानीबाट भिसा आवेदन दिन सकिने/नसकिने यकिन गरी अस्थायी राहदानीका लागि आवेदन दिनु पर्दछ ।