राहदानीका लागि आवश्यक फोटो दर्ता केन्द्रमै खिचिने भएको हुँदा छुट्टै फोटो आवश्यक पर्दैन।
के राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो?
१६ वर्ष माथिका र नेपालमा आवेदन दिने आवेदकहरूका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो। तर, विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा वा १६ वर्ष उमेर नपुगेको रहेछ भने राष्ट्रिय परिचयपत्र अनिवार्य छैन।
राहदानी सम्बन्धमा थप जानकारी चाहिएमा कहाँ सम्पर्क गर्ने?
राहदानी सम्बन्धी थप जानकारी चाहिएमा सम्बन्धित दर्ता केन्द्रमा सम्पर्क गर्न सकिनेछ।