राहदानी बनाउन थप कागजातः
क) नागरिकतामा रहेको जन्म मिति भन्दा शैक्षिक योग्यतामा भएको जन्म मिति फरक परेमा र शैक्षिक योग्यता अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा एसएलसी/एसईई वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र।
ख) नागरिकतामा रहेको जन्म मिति भन्दा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सन पट्टाको जन्म मिति फरक परेमा र पेन्सन पट्टा अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सनपट्टा (Discharge Certificate) प्रमाणपत्र।
ग) विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र,
घ) पारपाचुके गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा पारपाचुके प्रमाणपत्र ।