background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

विदेशमा जन्मिएका नेपाली आमा-बाबुका सन्तानको पहिलो पटक राहदानीका लागि आवेदन दिने विशेष व्यवस्थाः  

जन्म दर्ता वा अस्थायी दर्ता नम्बर लिनु पर्नेः नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा नाबालक परिचयपत्र नहुने भएकोले दूतावासले जन्म दर्ताको प्रमाणपत्र वा अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भएको महलमा भर्नुपर्दछ । जसका लागि निम्न अनुसारका थप कागजातहरू आवश्यक पर्छन् ।

अ)         आमा बाबु दुवै जनाको नागरिकताको प्रतिलिपि,

आ)       आमा बाबु दुबै जनाको राहदानीको प्रतिलिपि,

इ)          आमा बाबुको विवाह दर्ताको प्रमाणपत्र,

ई)          नाबालकको जन्म दर्ताको सक्कल प्रति,

उ)          नाबालकको हालै खिचेको पासपोर्ट आकारको फोटो २ प्रति

माथि उल्लिखित कागजात सहित दूतावासमा आवेदन दिए पछि दूतावासले जन्म दर्ता वा अस्थायी नम्बर उपलब्ध गराउनेछ । नाबालकको राहदानीको आवेदन फाराम नागरिकता नम्बरको ठाउँमा दूतावासले उपलब्ध गराएको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ।

साथै यसरी एक पटक नाबालकका नाममा राहदानी जारी गरेपश्चात् अर्को पटक राहदानी जारी गर्नका लागि नाबालक परिचयपत्र अनिवार्य हुने भएकोले यसरी राहदानी बनाए पछि अनिवार्य रूपमा नेपालको सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालक परिचयपत्र बनाउनु पर्दछ ।

राहदानी बनाउन थप कागजातः

क)        नागरिकतामा रहेको जन्म मिति भन्दा शैक्षिक योग्यतामा भएको जन्म मिति फरक परेमा र शैक्षिक योग्यता अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा एसएलसी/एसईई वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र।

ख)        नागरिकतामा रहेको जन्म मिति भन्दा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सन पट्टाको जन्म मिति फरक परेमा र पेन्सन पट्टा अनुसारको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने भएमा भारतीय वा ब्रिटिस वा सिङ्गापुर पेन्सनपट्टा (Discharge Certificate) प्रमाणपत्र।

ग)          विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र,

घ)         पारपाचुके गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा पारपाचुके प्रमाणपत्र ।

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.