background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

नाबालक परिचयपत्रको आधिकारिकता प्रमाणीकरण कसरी गर्ने? के यो आवश्यक नै हो?

नाबालक परिचयपत्र जुन जिल्ला/इलाका प्रशासन कार्यालयबाट जारी भएको हो, सोही जिल्ला/इलाका प्रशासन कार्यालयबाट आधिकारिकता प्रमाणित गरिन्छ। यसमा आवेदकको फोटो टाँसी सम्बन्धित अधिकारीको दस्तखत गरिएको हुन्छ। नाबालक परिचयपत्र प्राप्त गरेको जिल्लाबाट बसार्इ सरेको अवस्थामा बसार्इसरार्इको कागजात लिइ हाल बसोबास गरेको जिल्लाबाट पनि प्रमाणीकरण गर्नुपर्दछ। नाबालक परिचयपत्रबाट पहिलो पटक राहदानी आवेदन गर्दाको अवस्थामा आधिकारिकता प्रमाणित पत्र आवश्यक हुने हुदाँ नाबालक परिचयपत्र प्रमाणीकरण नभर्इ राहदानी आवेदन स्वीकार हुँदैन।

नाबालकहरुका लागि थप कागजातः
क)    विभागमा पहिलोपटक आवेदन दिँदा सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालक परिचयपत्र प्रमाणीकरण 
ख)    बाबु/आमाको नागरिकता प्रमाणपत्र
ग)    बाबु/आमाको विवाहदर्ता प्रमाणपत्र ।

जन्मस्थान (Place of Birth) मा के लेख्नेः

  • नेपालमा जन्मेको राहदानी आवेदकको हकमा निज जन्मेको जिल्ला उल्लेख गर्ने।

  • विदेशमा जन्मेको राहदानी आवेदकको हकमा निज जन्मेको देशको नाम उल्लेख गर्ने। Pre-enrollment गरी अनलाइन आवेदन फारम भर्दा Other” option मा गई देशको नाममा click गर्ने।

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.