छैन। यन्त्रबाचक राहदानी (MRP) को म्याद बहाल रहँदासम्म विद्युतीय राहदानी (ePassport) बनाउनु आवश्यक छैन। MRP को म्याद बहाल रहदाँसम्म सोही राहदानी प्रयोग गरी विदेश भ्रमण गर्न सकिन्छ। तथापी, राहदानीको बहाल अवधि एक वर्ष भन्दा कम बाँकी रहेको अवस्थामा नयाँ राहदानीका लागि आवेदन गर्न सकिनेछ।
साथै, राहदानी हराई वा च्यातिर्इ, जली वा अन्य कारणले राहदानीमा क्षति पुगेमा, विवरणमा त्रुटि भई प्रयोग गर्न नमिल्ने भएमा वा पाना भरिएमा भने नयाँ राहदानी बनाउन सकिन्छ।