background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

विदेशस्थित नियोगमा राहदानीको लागि आवेदन दिएकोमा राहदानी प्राप्त नुहुँदै नेपाल फर्कनुपर्‍यो, के गर्ने ?

दूतावासमा राहदानीका लागि आवेदन दिएकोमा राहदानी जारी नुहुँदै नेपाल फर्कनु परेमा उक्त कुरा दूतावासलाई जानकारी गराई तयार राहदानी विभागबाट जारी गर्नु अनुरोध गर्न सकिन्छ। यदि राहदानी चलानी भइसकेको रहेनछ भने तयार राहदानी विभागबाट लिन सकिन्छ। विभागबाट राहदानी लिन दूतावासको सिफारिस पत्र, सक्कल राहदानी/नाबालिग परिचयपत्र, सम्बन्धित पुरानो राहदानी/यात्रा अनुमतिपत्र र रसिद लिई विभागमा स्वयम् उपस्थित हुनु पर्दछ। विभागबाट कागजात रुजू गरी राहदानी जारी गरिन्छ।

विदेशमा राहदानी तुरुन्त चाहिएमा आफन्तमार्फत् नेपालबाट झिकाउन सकिन्छ?

सकिँदैन ।

राहदानी लिन आउँदा के-के कागजात लिई आउनु पर्छ? कति समय लाग्छ? आफैं आउनु पर्दछ?

राहदानी बुझ्न आउँदा राहदानी आवेदन फाराम, पुरानो सक्कल राहदानी (पहिलोपल्ट राहदानी आवेदन दिएको वा हराएको कारण आवेदन दिएकोमा बाहेक), नागरिकता तथा दस्तुर बुझाएको रसिद साथमा लिई आउनु पर्दछ । राहदानी लिन स्वयम् उपस्थित हुनु पर्दछ तर नाबालकको हकमा निजको आमा वा बुबा आउनु पर्दछ ।

तयार राहदानी लिन १०-१५ मिनेट समय लाग्छ ।

यदी कुनै कारण बस स्वयम् उपस्थित हुन नसकेमा आफन्तलाई लिखित अख्तियारी दिई पठाउन सकिनेछ।  यसरी अख्तियारी प्राप्त व्यक्तिले माथि उल्लिखित कागजातको अतिरिक्त आफ्नो राहदानी/नागरिकता समेत साथमा लिई आउनु पर्नेछ ।

विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो? के दूतावासबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ?

राहदानीका लागि १६ वर्ष उमेर नपुगेका आवेदकको लागि तथा नियोगबाट आवेदन दिँदा राष्ट्रिय परिचयपत्र अनिवार्य छैन । 

नियोगबाट राष्ट्रिय परिचय पत्र बनाउन सकिँदैन। तर नेपाल आएको समयमा भने राष्ट्रिय परिचयपत्र बनाउन सकिनेछ।\

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.