background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

घाँटी वा सो भन्दा माथि अनुहारमा स्थायी Tattoo वा कुनै दाग छ के गर्ने?

घाँटी वा सो भन्दा माथि स्थायी प्रकृतिको ट्याटु वा कुनै दाग छ भने केही गर्नु पर्दैन । तर कुनै चोट पटक लागि वा अन्य कारणले कुनै दाग छ भने सो दाग हटे पछि राहदानी बनाउँदा उचित हुन्छ । यदि तुरुन्त राहदानी चाहिएको छ र अस्थायी प्रकारको चोटपटक वा दाग हटाउन सकिँदैन भने हाललाई राहदानी बनाई चोटपटक वा दाग निको भए पछि नयाँ राहदानी बनाउनु उपयुक्त हुन्छ। अन्यथा, यात्रा गर्ने क्रममा कठिनाई आउन सक्दछ ।

मेरो राहदानी बने नबनेको थाहा पाउन के गर्ने? 

राहदानी बने नबनेको थाहा पाउन Google Play Store वा Apple को App Store बाट Nepal ePassport डाउनलोड गरी त्यसमा दिएको तरिका अनुसार आफै हेर्न सकिने व्यवस्था गरिएको छ । त्यसैले राहदानी प्रक्रिया के भयो भनी कार्यालयबाट जानकारी गराउन सकिने छैन । साथै, तपाइँको फाराम कुनै कारण बस अस्वीकृत भएमा त्यसको खबर तपाइँले उपलब्ध गराएको मोबाइल म्यासेज तथा ई-मेलमा प्राप्त हुन्छ । अस्वीकृत भएको जानकारी भएमा सम्बन्धित दर्ता केन्द्रमा सम्पर्क गर्नुहोला, दर्ता केन्द्रबाट आवश्यक कागजातसहित  पुनः पेस गर्नु पर्दछ । यसरी पुनः पेस गर्दा सामान्यतः पुनः फोटो खिच्नु नपर्ने भएकोले आफू उपस्थित नभए पनि आवेदन प्रक्रिया बढाउन सकिन्छ ।

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.