यसका लागि राहदानी विभाग, सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशमा भए सम्बन्धित नेपाली नियोगमा सम्पर्क गर्नु पर्दछ।
राहदानी विभागमा सम्पर्कका लागिः
टेलिफोनः 01-5970330
राहदानी हरायो, के गर्ने?
राहदानी हराएमा यसको दुरुपयोग रोक्नका लागि नजिकको आवेदन केन्द्रमा आफ्नो परिचय सहित राहदानी रद्द गर्नका लागि आवेदन दिनु पर्दछ । हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाउँदा पुनः आवेदन दिनु पर्दछ र नयाँ सरह सम्पूर्ण प्रक्रिया अपनाउनु पर्दछ ।
हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइ सकेपछि पुरानो राहदानी भेटियो, के गर्ने?
हराएको राहदानी भेटिएमा तुरुन्तै दर्ता केन्द्रमा सम्पर्क गरी भेटिएको राहदानी रद्द गराउनु पर्दछ। हराएको राहदानीको जानकारी Interpol मार्फत् विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी प्रयोग गर्न मिल्दैन । हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारबाही हुन सक्छ ।