background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

नयाँ राहदानी तयार भई सङ्कलन गर्न आउनु (Your passport is ready to collect) भनी म्यासेज वा e-mail प्राप्त भए पश्चात् यथाशक्य छिटो कार्यालय समयभित्र तोकिएको स्थानमा आवेदक आफैँ सक्कल नागरिकताको प्रमाणपत्र, राहदानी आवेदन फाराम, दस्तुर बुझाएको रसिद र पुरानो राहदानी भएमा सो समेत लिइ आउनु पर्दछ।

कथम् कदाचित् आफैँ उपस्थित हुन नसक्ने अवस्था हुने भएमा राहदानी आवेदन गर्दाको बखत मन्जुरिनामा बनाई सम्बन्धित अधिकृतबाट रुजू गराई नजिकको कुनै आफन्तलार्इ मन्जुरनामा दिई निज मार्फत तयार राहदानी सङ्कलन गर्न सकिन्छ।

हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइसकेपछि पुरानो राहदानी भेटियो, के गर्ने?

हराएको राहदानी भेटिएमा जुन स्थानबाट नयाँ राहदानी बनाइएको हो, त्यहाँ सम्पर्क गरी उक्त भेटिएको पुरानो राहदानी रद्द गराउनु पर्दछ। हराएको राहदानी भेटिए तापनि हराएको जानकारी Interpol मार्फत् विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी लिई यात्रा गर्न मिल्दैन। हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कार्यबाही हुन्छ।

जारी भइसकेको राहदानीको विवरणमा त्रुटि देखिएमा के गर्ने?

राहदानी छपार्इ हुँदा कुनै त्रुटि भएमा नयाँ राहदानी लिनु पर्दछ। यदि विभाग, नियोग वा कार्यालयको त्रुटिका कारण जारी भएको राहदानी प्रयोग हुन नसक्ने भई कसैले नयाँ राहदानी माग गरेमा विभागले कुनै दस्तुर नलिई नयाँ राहदानी जारी गर्नेछ।

राहदानी आवेदकको त्रुटिका कारण नयाँ राहदानी बनाउँदा नयाँ राहदानीका लागि लाग्ने बराबरको दस्तुर लाग्नेछ।

विदेशमा रहेको बखत बच्चा जन्मिएमा राहदानी बनाउन के गर्ने?

नेपाली बाबु र आमाबाट विदेशमा रहेका बखत बच्चा जन्मिएमा आफू बसोबास गर्ने मुलुकस्थित नेपाली नियोग वा उक्त मुलुकमा नेपाली नियोग नभएमा सो मुलुक हेर्ने जिम्मेवारी तोकिएको नेपाली नियोगलाई Enrollment Center बनाई आफूलाई उपयुक्त हुने मिति र समयमा Appointment तय गरी Pre-enrollment गरी तोकिएको मिति र समयमा राहदानी आवेदनका लागि आवश्यक कागजातहरूसहित नियोगमा नाबालक र निजको बुबा वा आमा उपस्थित हुनु पर्दछ। यदि बच्चासहित तत्काल नेपाल फर्कनु पर्ने भएमा यात्रा अनुमतिपत्रका लागि सम्बन्धित नेपाली नियोगमा आवेदन पेस गर्नु पर्दछ।

विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका बच्चाको हकमा राहदानीका लागि बाबु नागरिक रहेको मुलुकको सम्बन्धित निकायमा सम्पर्क राख्‍नु पर्दछ।

यसरी एक पटक नाबालकका नाममा राहदानी जारी गरेपश्चात् अर्को पटक राहदानी जारी गर्नका लागि नाबालक परिचयपत्र अनिवार्य हुने भएकोले यसरी राहदानी बनाएपछि अनिवार्य रूपमा नेपाल गई सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालक परिचयपत्र बनाउनु पर्नेछ।

विदेशमा जन्मिएका नवजात शिशुको जन्म दर्ता/अस्थायी नम्बर लिन के गर्नेः

विदेशमा जन्मिएका नवजात शिशुको जन्म दर्ता/अस्थायी नम्बर लिनका लागि निम्न अनुसारका कागजातहरूसहित दूतावासमा सम्पर्क गर्नु पर्नेछ।

अ) आमा बाबु दुबै जनाको नागरिकताको प्रतिलिपि,

आ) आमा बाबु दुबै जनाको राहदानीको प्रतिलिपि,

इ) आमा बाबुको विवाह दर्ताको प्रमाणपत्र,

ई) नाबालकको जन्म दर्ताको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति,

उ) नाबालकको हालै खिचेको पासपोर्ट आकारको फोटो २ प्रति,

माथि उल्लिखित कागजातसहित दूतावासमा आवेदन दिएपछि दूतावासले जन्मदर्ता वा अस्थायी नम्बर उपलब्ध गराउनेछ । नाबालकको राहदानीको आवेदन फाराम भर्दा नागरिकता नम्बरको ठाउँमा दूतावासले उपलब्ध गराएको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ ।

नियोग अनुसार यस व्यवस्थामा फरक व्यवस्था हुनसक्ने भएकाले यकिन जानकारीका लागि सम्बन्धित नियोगमा सम्पर्क गर्न सकिनेछ ।

राहदानी सम्बन्धमा थप जानकारी आवश्यक परेमा कहाँ सम्पर्क गर्ने?

यसका लागि राहदानी विभाग, सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशमा भए सम्बन्धित नेपाली नियोगमा सम्पर्क गर्नु पर्दछ।

राहदानी विभागमा सम्पर्कका लागिः

टेलिफोनः 01-5970330

Contact Number of the Passport Department:

Telephone: 01-5970330

राहदानी हरायो, के गर्ने?

राहदानी हराएमा यसको दुरुपयोग रोक्नका लागि नजिकको आवेदन केन्द्रमा आफ्नो परिचय सहित राहदानी रद्द गर्नका लागि आवेदन दिनु पर्दछ ।  हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाउँदा पुनः आवेदन दिनु पर्दछ र नयाँ सरह सम्पूर्ण प्रक्रिया अपनाउनु पर्दछ ।

हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइ सकेपछि पुरानो राहदानी भेटियो, के गर्ने?

हराएको राहदानी भेटिएमा तुरुन्तै दर्ता केन्द्रमा सम्पर्क गरी भेटिएको राहदानी रद्द गराउनु पर्दछ। हराएको राहदानीको जानकारी Interpol मार्फत् विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी प्रयोग गर्न मिल्दैन । हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारबाही हुन सक्छ ।

अस्थायी राहदानी भनेको के हो ?

विदेशस्थित नियोगमा विद्युतीय राहदानीका लागि आवेदन दिएको तर तुरुन्त राहदानी जरुरी परेमा अस्थायी राहदानीका लागि आवेदन दिन सकिनेछ । अस्थायी राहदानी हस्तलिखित हुने भएकोले सामान्यतः विदेश भ्रमण गर्न मिल्दैन। तर, यस्तो राहदानीबाट कतिपय मुलुकमा भिसाको लागि आवेदन दिन सकिन्छ र नेपाल फर्कन पनि सकिन्छ । आफू रहेको मुलुकमा हस्तलिखित राहदानीबाट भिसा आवेदन दिन सकिने/नसकिने यकिन गरी अस्थायी राहदानीका लागि आवेदन दिनु पर्दछ ।

 

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.