Our Moto: Quality, Transparency and Citizen-Friendly Service
Notice:
 TOTAL NUMBER OF e-PASSPORTS PRODUCED AS OF 21st May, 2023 : 1,682,986
OFFICIAL WORKING HOURS :  SUN – THU (10 AM TO 5 PM ) , FRIDAY (10 AM TO 3 PM ) 
The person should not travel on lost, or stolen passport even if the lost passport is found. 
राहदानी विभागले २०७९ माघ १६ गतेदेखि लागू हुने गरी एक महिनाको लागि प्रत्येक दिन १५०० का दरले अग्रिम अनलाइन आवेदन (Pre-enrollment) फाराम खोल्ने छ। प्रत्येक दिन एक महिनापछिको थप एक दिनका लागि आवेदन फाराम क्रमशः खोल्दै जाने। अनलाइन फाराम सिद्धिन लागेको देखिएमा पुनः एक महिनाका लागि फाराम खोल्ने र यस व्यवस्थालाई निरन्तरता दिने छ। यसरी अग्रिम अनलाइन फाराम खोल्दा सेवाग्राहीले समयमा नै योजना गरी राहदानी सेवा लिने अपेक्षा गरिएको छ।
Additional Appointment Opening Time for Department of Passports : 03:30 PM (During Office Days). For District Administration Office/Area Administration Office and abroad Missions, kindly contact respective enrollment centers for appointment information.

The First NS/ISO 9001:2015
Certified Government Organization of Nepal

The first e-passport was issued by the mission

Department of Passport Nepal
September 01, 2022

आज परीक्षणको रुपमा नेपाली राजदूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी सफलतासाथ उत्पादन भएको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो । आजबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ्ग खुला गरेको छ । शुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ । अन्य खाडी मुलुकहरु र मलेशियामा रहेका नेपाली नियोगहरुमा विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको छ । उक्त सामानहरु जडान हुनासाथ केही दिन भित्रै विद्युतीय राहदानीको सेवा शुरुआत हुनेछ । त्यस्तै यी बाहेका अन्य मुलुकहरुमा रहेका सबै नेपाली नियोगहरुमा उपकरणहरू पठाउने कार्य भइ रहेको र केही हप्ता भित्र सेवा संचालन गर्ने कार्यक्रम छ । नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट शुरु भइ सकेको छ । अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ्ग गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य गरी रहेको छ ।

Share This::