हाम्रो आदर्श : गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा
सूचना:
२५ अगष्ट २०२२ सम्म उत्पादन भएको विधुतीय राहदानीको कुल संख्या : ६१८,४९२ 
आधिकारिक काम गर्ने समय: सूर्य - बिहीबार (10 AM देखि 5 PM), शुक्रबार (10 AM देखि 3 PM)
राहदानी चोरी भएर ,हराएर, वा नासिएर नयाँ राहदानी बनाउनेले पहिलेको राहदानी फेला परेमा पनि त्यसबाट यात्रा गर्न पाइनेछैन । त्यस्तो राहदानीबाट यात्रा गरेको पाईएमा कारबाही समेत हुन सक्नेछ । 

पहिलो NS/ISO 9001:2015
नेपाल सरकारको प्रमाणित संस्था

नियोगबाट पहिलो विद्युतीय राहदानी जारी

नेपाल राहदानी विभाग
September 01, 2022

नियोगबाट पहिलो विद्युतीय राहदानी जारी

आज परीक्षणको रुपमा नेपाली राजदूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी सफलतासाथ उत्पादन भएको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो । आजबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ्ग खुला गरेको छ । शुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ । अन्य खाडी मुलुकहरु र मलेशियामा रहेका नेपाली नियोगहरुमा विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको छ । उक्त सामानहरु जडान हुनासाथ केही दिन भित्रै विद्युतीय राहदानीको सेवा शुरुआत हुनेछ । त्यस्तै यी बाहेका अन्य मुलुकहरुमा रहेका सबै नेपाली नियोगहरुमा उपकरणहरू पठाउने कार्य भइ रहेको र केही हप्ता भित्र सेवा संचालन गर्ने कार्यक्रम छ । नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट शुरु भइ सकेको छ । अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ्ग गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य गरी रहेको छ ।

साझा गर्नुहोस्::